सुर्खेत ।

सरकारले गणतन्त्र दिवसको अवसरमा सुर्खेतका आठ जना कैदीलाई कारागार मुक्त गरेको छ । सुर्खेत जिल्ला कारागारमा रहेका ती कैदीलाई सोमबार कारागारमुक्त गरिएको हो ।

जिल्ला कारागार सुर्खेतका निमित्त जेलर लालबहादुर खत्रीले ११ जना सिफारिस भएकोमा आठ जना मात्रै कारागारमुक्त भएको जानकारी दिए ।

कारागारमुक्त हुनेमा सुर्खेत छिन्चुका डम्वर पुन, मानबहादुर सुनार, तेजु सुनार, पुरन सुनार र मनिसरा बुढा, मुगुका जयबहादुर रोकाय, जाजरकोटका शिव रावत र गोरखाका विष्णु शाह रहेका छन् ।

जेलमुक्त भएकामा ७ जना कर्तव्य ज्यान मुद्दाका र एक जना बहुविवाह मुद्दाका रहेको जिल्ला कारागार सुर्खेतका प्रहरी नायव निरीक्षक रेशमलाल चौधरीले जानकारी दिए । उनका अनुसार उनीहरु विसं २०६७ सालदेखि बन्दी जीवन बिताइरहेका थिए ।

24.52¡ÆC