मतपत्र नै च्यातिदा भरतपुर मतगणना स्थगित

जेष्ठ १५, २०७४ मा प्रकाशित | 1095 views

चितवन ।  मतपत्र नै च्यातिदा भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको छ ।  मतगणनाको क्रममा माओवादी र एमाले प्रतिनिधिबीच विवाद बढेपछि गएराती मतगणनाको क्रममा माओवादी प्रतिनिधिले २ ओटा  मतपत्र च्यातिदिएको बताइएको छ ।

वाइसियल नेता मधु  न्यौपाने लगायतले मतपत्र च्यातेको आरोप लागेको छ । तर, माओवादी केन्द्रका नेताहरुले भने हार्ने भएपछि एमालेले अनावश्यक बखेडा निकाल्दा यो अवस्था निम्तिएको दाबी गरेको छ ।

विवादपछि बिहान ५ बजेसम्म पुनः मतगणना गर्न बैठक समेत बस्न सकेको छैन । धेरै संख्यामा मतपत्र च्यातिएकाले अब के गर्ने भन्नेमा समेत अन्योलता रहेको छ । अहिले मतगणनास्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यसैबीच प्रहरीले वाइसियलका न्योपाने र अर्का द्रोण सिवाकोटीका साथै एमालेका गंगा लामालाई पक्राउ परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web