डडेल्धुरामा माओवादी केन्दले लगायो उम्मेवारको टुंगो

जेष्ठ १४, २०७४ मा प्रकाशित | 781 views

ललित बोहरा-डडेल्धुरा ।

जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्र डडेल्धुराले उम्मेदवारहरुको टुंगो लगाएको छ ।

७ वटा स्थानीय तह रहेको डडेल्धुरामा माओवादीले तीन वटा स्थानीय तहका  सबै उम्मेदवारहरुको सहमति बाटै टुंगो लगाएको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक मान सिं माल क्रान्तिले जानकारी दिएका छन् । उनले दुई वटा स्थानीय तहमा अध्यक्ष पदका उम्मेवारको पनि  टुंगो लगाएको बताएका छन् ।

माओवादी केन्द्रले परशुराम नगरपालिकाको प्रमुखमा शेर सिं माललाई उम्मेदवार बनाएको छ । उनी जिल्ला संयोजक मान सिं माल क्रान्तिका दाइ हुन् । यस नगरपालिकाको उपप्रमुखमा माओवादी केन्द्रले उपप्रमुखमा विमला महतालाई उम्मेदवार बनाएको छ ।

यस्तै आलिताल गाउँपालिकाको अध्यक्षमा जगत पार्कीलाई उम्मेवार बनाएको छ । उनी लामो समय देखि माओवादी पार्टीमा सक्रियरुपमा राजनीति गरिरहेका छन् । उनी माओवादी केन्द्रका पोलिटव्युरो सदस्य हुन् । यस गाउँपालिकमा उपाध्यक्षमा सुशिला खत्रीलाई उम्मेदवार बनाएको नेकपा माओवादीले जनाएको छ ।

अजयमेरु गाउँपालिकाको अध्यक्षमा उमेश प्रसाद भट्टलाई माओवादी केन्द्रले उम्मेदवार बनाएको छ । उनी महाधिवेशन आयोजक समिति सदस्य तथा माओवादी केन्द्रका सचिवालय सदस्य खगराज भट्ट ‘विनोद’का भाई हुन् । उक्त गाउँपालिकाको उपाध्यक्षमामा कलापति भाँणलाई उम्मेदवार बनाएको छ ।

गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा ईश्वरीदत्त भण्डारीलाई उम्मेदावर बनाएको छ भने उक्त गाउँपालिकाको उपाध्यक्षको टुंगो लगाउन बाँकी रहेको छ ।

यस्तै भागेश्वर गाउँपालिकाको अध्यक्षमा माओवादीले ओम प्रकाश साउँदलाई टिकट दिएको छ । अध्यक्ष पदका उम्मेदवार साउँद महाधिवेशन आयोजक समिति सदस्य हुन् ।

माओवादी केन्द्रले नवदुर्गा गाउँपालिका र अमरगढी नगरपालिकाको उम्मेदवारको टुंगो लगाएको छैन् । जिल्ला संयोजक मालले केही दिनमै बाँकी उम्मेदवारहरुको टुंगो लगाउने बताएका छन् । अमरगढी नगरपालिकामा माओवादी केन्द्रबाट प्रमुखमा दुई जना आकांक्षी देखिएका छन् ।

माओवादी केन्द्रबाट प्रमुख लागि करुणाकर ओझा र यक्षराज जोशीको नाम अहिले चर्चामा रहेको छ । ओझा महाधिवेशन आयोजक समिति सदस्य हुन् भने जोशी जिल्ला सचिवालय सदस्य हुन् ।

जिल्लामा नेकपा एमाले, राष्ट्रिय जनमोर्चाले उम्मेवारको टुंगो लगाइ सकेका छ भने सबै भन्दा ठूलो दल नेपाली काँग्रेसले भने अझैँ पनि उम्मेदवारहरुको टुंगो लगाउन सकेको छैन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web