<span style="color: rgb(103, 103, 99); font-family: "PT sans", Helvetica, Arial, sans-serif; font-size: 14px;">काठमाण्डौ । एघारौं चरणको अनशन बस्न दाङ्ग पुगेका शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले आजदेखि सुरु गर्ने भनिएको अनशन भोलि मध्यान्ह १२ बजेसम्मका लागि स्थगित गरेका छन् । सबै प्रदेशमा मेडिकल कलेज खोल्ने लगायत पूर्वसम्झौता तत्काल पालना गर्नुपर्ने, प्रधानन्यायाधिसलाई लगाइएको महाअभियोग प्रस्ताव फिर्ता लिनुपर्ने लगायत विभिन्न मागसहित केसीले आजैदेखि अनशन सुरु गर्ने पूर्वनिर्धारित कार्यक्रम थियो ।
<span style="color: rgb(103, 103, 99); font-family: "PT sans", Helvetica, Arial, sans-serif; font-size: 14px;"> तर, शुक्रवारमात्र विश्व स्वास्थ्य महासभामा भाग लिएर स्वदेश फर्किका स्वास्थ्य मन्त्री गगन थापाले डा. केसीलाई फोन गरेर अनशन नबस्न आग्रह गरेपछि केसीले एकदिनका लागि अनशन स्थगन गरेको उनका सहयोगीहरुले बताएका छन् । टेलिफोन वार्ताका क्रममा मन्त्री थापाले डा. केसीको माग पूरा गराउन आफुले तत्काल पहल थाल्ने आश्वासन दिएको बुझिएको छ ।
<span style="color: rgb(103, 103, 99); font-family: "PT sans", Helvetica, Arial, sans-serif; font-size: 14px;"> डा. केसीको यसअघिका अनशनका क्रममा भएको सम्झौता अन्तर्गत पहिलो सरकारी मेडिकल कलेज दाङ्गको राप्ती उपक्षेत्रीय अस्पताललाई नै बनाउने निर्णय भएको थियो । तर, बजेट बिनियोजन भएरपनि अझैसम्म मेडिकल कलेज खोल्न प्रकृयासमेत थालनी नभएको भन्दै आक्रोशित भएका केसीले उतै गएर अनशन गर्ने बताएअनुसार केसी अहिले दाङ्गमा छन् ।
15.86¡ÆC