आमाको किरिया गरे महिनावारी भएको बेला : राधा

जेष्ठ १४, २०७४ मा प्रकाशित | 1402 views

महिनावारीको विषयमा खुलेर कुरा गर्न तपाई हामी अझै पनि हिच्किचाउँछौं । शहर बजारमा यसलाई सामान्य रुपमा लिन थालेपनि गाउँघरमा यस विषयमा चर्चा गर्ने, अनुभव साटासाट गर्ने भन्दा पनि लुकाउने र लज्जाको विषयका रुपमा हेरिन्छ । त्यसैले महिनावारी हुँदा पनि सकभर अरुले थाहा नपाए हुन्थ्यो भनेर लुकाउने नै प्रयास गरिन्छ । मैले महिनावारीको कुरा सातवर्षको उमेर देखि नै गर्दै आएकी हुँ ।

म त्यतिबेला सात बर्षकी थिएँ, जब मेरी आमाको दुईवटा साँप्राबाट रगत बहेको देखें मैले चासो राखें, यो किन भएको कसरी भएको भनेर आमासँग सोध्दा यो भगवानले यसो गराएको हो, पापले गर्दा छोरी भएर जन्मेको र हरेक छोरी यसरी नै पन्छिनुपर्छ भन्ने कुरा गर्नुभयो । त्यो कुराले मेरो मुटु विझेको थियो ।

पछि मैले दिदीहरु पनि गोठमा बसेको देखें, महिनावारीकै विषयलाई लिएर घरबेटीहरुले दुःख दिने गरेको घटना पनि देखें । आमा दिदीहरुको पीडा देखेपछि मैलेचाहिँ मनभित्रैबाट यो चाहिं म गर्दिन भन्ने अठोट गरें । १४ बर्षको उमेरमा म पहिलो पटक महिनावारी हुँदा घर छाडेर भागें ।’ आफूले थाहा पाउँदा देखि नै छाउपडी प्रथाको विरोध गर्दै आएको छु ।

मैले छाउपडी प्रथालाई कहिल्यै पनि महत्व दिइन । सन् २००९ मा मेरो आमा बित्दा बहिनी र म महिनावारी भएको बेला आमाको किरिया गरेकी हुँ । त्यसैले परिवर्तन चाहने हो भने आफैबाट शुरुवात गर्नुपर्यो ।

अरुलाई परिवर्तन गर्नुपर्छ भनेर भन्ने तर आफै चाहिं यथास्थितिमा बसेर सामाजिक रुपान्तरण हुँदैन । महिनावारीका विषयमा कुराकानी गर्न हामी अहिले पनि हच्किचाइरहेका छौं । महिनावारीलाई लुकाएर राख्दा यसबाट जटिल समस्याहरु उत्पन्न हुने भएकाले यस विषयमा खुलेर कुराकानी गर्न र पाठ्यक्रममा भएका विषयवस्तुमा शिक्षक विद्यार्थीबीच अन्तरक्रिया हुन जरुरी रहेको छ ।

अन्तराष्ट्रिय महिनावारी सरसफाइ दिवस मनाउन थालेको चार बर्ष हुँदैछ, यस विषयमा व्यापक छलफल, अन्तरक्रिया, पैरवी र बहस हुन थालेका छन्, यो सुखद पाटो हो अझै यसमा लाज होइन गर्व गर्न सिकौं, घरभित्रका कुरा बाहिर लैजान थालौं । एउटी महिला जीवनमा करिव तीन हजार दिन महिनावारी हुने अध्ययनले देखाए पनि पुरुषले भने जीवनभर महिनावारी सम्बन्धि अनुभव संगाल्ने गरेका छन् । एउटा बालक जन्मिएको केही महिनामै महिनावारी भएकी आमासँगै बस्न बाध्य हुन्छ ।

अलि ठूलो भएपछि आमा महिनावारी हुँदा उसको समय हजुरआमासँग बित्छ । विवाहपछि पत्नी महिनावारी हुँदा पनि उनले भान्सा नछुँदा यसको असर पुरुषलाई नै पर्छ । छोरी जन्मिएर उमेर पुगेपछि महिनावारी हुँदा पनि छोरीलाई टाढा राखेर उसले बारेकै हुन्छ । बृद्धावस्थामा समेत केहीले नातिनी र पनातिनी पुस्तासम्मले बारेको देख्ने भएकाले समाजमा पुरुषले जीवनभर महिनावारीको अनुभव संगाल्ने गर्छ । छाउपडी गोठ देशभरका २१ जिल्लामा मात्रै रहेपनि छाउपडी देशभर रहेको छ ।

विश्वका १५ भन्दा बढी देशहरू घुमिसक्दा जहाँ जहाँ नेपाली भेटिए त्यहाँ सबैले महिनावारी बारेकै अनुभव सुनाएका थिए । लन्डन र न्यूयोर्कमा जाँदा त महिनावारी भएको छोरीलाई कोठामा राखेको आफ्नै आँखाले देखेको छु । मैले त जुम्ला र लन्डनमा बस्नेमा केही फरक देखिँन । त्यहाँका पुरुषसँग यस विषयमा कुरा गर्दा उहाँहरूले मैले त भनेको हो श्रीमतीले मान्दिनन् भन्ने जवाफ दिने गरेको पाएँ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web