काठमाडौं ।

काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा एमाले उम्मेद्धारा बिद्यासुन्दर शाक्य बिजयी भएका छन् । शाक्यले निकटतम काँग्रेस उम्मेद्धार राजुराज जोशी भन्दा १९ हजार बढी मत ल्याएर बिजयी भएका हुन् ।

आइतबार बिहान सकिएको मत गणनाको अन्तिम परिणाम अनुसार शाक्यले ६४ हजार ९ सय १३ मत प्राप्त गरेका छन् ।

शाक्यका निकतम् प्रतिष्पर्धी नेपाली काँग्रेसका राजुराज जोशीले ४५ हजार २ सय ६९ मत प्राप्त गरे ।

नेकपा एमाले काठमाडौंका जिल्ला सचिव विद्यासुन्दर शाक्य अहिलेसम्म कुनै पनि निर्वाचनमा हार बोहोर्नुनपरेका शाक्य मेयरमा निर्वाचित भएसँगै आगामी पाँचवर्ष भित्र काठमाडौँ महानगरपालिका सम्हाल्न जनप्रतिनिधिबाट अनुमोदित भएका छन् ।

विं.सं. २०२० जेठ ९ गते काठमाडौँको लगनटोलमा जन्मिनुभएका शाक्य अब आफ्नो टोलबाट करिब झण्डै डेढ किलोमिटर टाढाको दूरीमा रहेको बागदरवारमा अवस्थित काठमाडौं महानगरको कुर्सी पाँचवर्षका लागि सम्हाल्ने भएका छन् ।

21.12¡ÆC