दोस्रो चरणको निर्वाचनका लागि केन्द्रीय स्तरको तयारी पुरा

जेष्ठ १३, २०७४ मा प्रकाशित | 963 views

काठमाडौं ।

जेठ ३१ गते दोस्रो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि केन्द्रीय स्तरमा सबै तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ ।

४३ जिल्लाका ४ सय ६१ तहमा हुने स्थानीय तह निर्वाचनका लागि मतदाता नामावली र मतदाता परिचयपत्र छपाइ गरी सम्बन्धित जिल्लामा पु¥याइएकोे, जेठ ६ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको र १५ गतेदेखि ४ सय १८ स्थानमा नै निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आउने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

१, २, ५ र ७ प्रदेशका ११ हजार ९ सय ३१ म्तदान केन्द्रमा ९५ हजार भन्दा बढि कर्मचारी खटिने र यो निर्वाचनबाट २१ हजार ५ सय ५२ प्रतिनिधि निर्वाचित हुने प्रवक्ता शर्माले बताउनु्भयो ।

दोस्रो चरणको निर्वाचनका लागि जेठ १९ गते मनोनयन दर्ता गर्ने र २२ गते निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web