पोखरा ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा देखिएका समस्याको समाधानका लागि सहमतिको विकल्प नभएको बताउनुभएको छ ।

पोखरा लेखनाथ महानगरमा एमालेका उम्मेद्धार बिजयी भएपछि आज भएको विजय र्यालीपछि अध्यक्ष ओलीले दोस्रो चरणको निर्वाचन तोकिएकै समयमा नै सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले निर्वाचित भएका जनप्रतिनिधिले भ्रष्टाचारमुक्त, सुशासनयुक्त कार्य गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका नवनिर्वाचित मेयर जिसीले आफूले अब सबैको साझा व्यक्ति भएर पोखराको समग्र विकासमा ध्यान केन्द्रित गर्ने बताउनुभयो ।

नवनिर्वाचित उपमेयर मञ्जुदेवी गुरुङले महिलाको हक अधिकारको बारेमा ठोस कार्य गर्ने बताउनुभयो ।

19.12¡ÆC