खोटाङ ।

स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले र माओवादी केन्द्र खोटाङले सबै तहमा उठाउने उम्मेद्वारको टुंगो लगाएको छ । तर संसदमा ठूलो दल रहेको नेपाली काँग्रेसले भने नेता निकटका उमेदवार बनाउन खोज्दा अझै सम्म उमेद्वार छान्न सकेको छैन ।

आगामी जेठ ३१ गते हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटिले टुंगो लगाउन बाँकी पदका उम्मेदवारको किनारा ईटहरीमा भएको १ नम्बर प्रदेश कमिटिको सचिवालयको बैठकले लगाएको एमालेले जनाएको छ ।

प्रदेश कमिटिको सचिवालय बैठकले रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा दिपनारायण रिजाल र उपमेयरमा बिनादेबी राई, हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा खडेन्द्र राई र उपमेयरमा मनिसा राईलाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी आएको एमाले खोटाङका अध्यक्ष बबी चाम्लिङले बताउनुभयो ।

प्रदेश कमिटिको सचिवालयले यही अनुसार उम्मेदवारको टुंगो लगाएको भन्ने जानकारी आएको छ,’ अध्यक्ष चाम्लिङल भन्नुभयोे, तर हामीलाई पत्रमार्फत औपचारिक जानकारी प्राप्त भएको छैन ।’

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा एमालेले लामीडाँडा गाउँपालिकाको प्रमुखमा लिलाबहादुर निरौला, उपप्रमुखमा समला राई, ऐसेलुखर्क गाउँपालिकाको प्रमुखमा गृहबहादुर राई, उपप्रमुखमा पुष्पकला भुजेल, केपीलासगढी गाउँपालिका प्रमुखमा कृष्ण राई, उपप्रमुखमा हिराकुमारी बन, दिप्रुङ गाउँपालिका प्रमुखमा अर्जुन रोका, उपप्रमुखमा अम्बिका राई, खोटेहाङ गाउँपालिका प्रमुखमा प्रदीप राई, उपप्रमुखमा कविता राई, बाराहापोखरी गाउँपालिका प्रमुखमा गणेश कोईराला, उपप्रमुखमा गोमा मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै, जन्तेढुंगा गाउँपालिकाको प्रमुखमा शंकर राई, उपप्रमुखमा बिमला राई, साकेला गाउँपालिकाको प्रमुखमा बद्री राई, उपप्रमुखमा मेनुका ढकालले टिकट पाएको छ ।

अन्य गाउँपालिका र वडाका उम्मेदवारको जिल्लामै सर्वसम्मत टुंगो लागे पनि रुपाकोट मझुवागढी नगरपालिकाको मेयर÷उपमेयर, हलेसी तुवाचुङ नगरपालिकाको मेयर, साकेला गाउँपालिकाको प्रमुख÷उपप्रमुख, लामीडाँडा गाउँपालिकाको उपप्रमुख र जन्तेढुंगा गाउँपालिकाको उपप्रमुखको उम्मेदवार टुंगो लाग्न नसक्दा प्रदेश कमिटिमा निर्णयार्थ पठाइएको थियो ।

टिकट वितरण भएसंगै रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ गाउँपालिका र साकेला गाउँपालिकामा एमालेभित्र असन्तुष्टि बढेको छ ।

उम्मेदवार टुंगो लगाउनेमा माओवादी अघि

माओवादी केन्द्र खोटाङले रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा दुर्गाजयन्ती राई, उपमेयरमा होमकाजी आचार्य, हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा हरिश्चन्द्र गिरी, लामीडाँडा गाउँपालिकामा डा. चेतकुमारी गुरुङ, उपप्रमुखमा भुपराज पोखरेल, केपीलासगढी गाउँपालिका प्रमुखमा मनकुमारी रसाईली, उपप्रमुखमा रुद्रकुमार राई, बाराहपोखरी गाउँपालिका प्रमुखमा निसाना राई, उपप्रमुखमा सुवासचन्द्र राई, जन्तेढुंगा गाउँपालिका प्रमुखमा अरुणा राई, उपप्रमुखमा बिरबल किराती, ऐसेलुखर्क गाउँपालिकाको प्रमुखमा श्रीबहादुर राई, उपप्रमुखमा उर्मिला लम्साल, साकेला गाउँपालिकाको प्रमुखमा अर्जुनकुमार खड्का, उपप्रमुखमा बिर्सिका राई, खोटेहाङ गाउँपालिकाको प्रमुखमा राजन ढकाल र उपप्रमुखमा बिनिता राई, दिप्रुङ गाउँपालिकाको प्रमुखमा दिपक पाण्डे –आकाश) र उपप्रमुखमा कल्पना राई (सोनिया) लाई उठाएको छ ।

अन्य पार्टीलेभन्दा माआवादीले सहज तरिकाले उम्मेदवार टुंगो लगाएको हो ।

संघीय समाजबादी फोरम र नयाँ शक्तिको गठबन्धनले रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा धनकुमार राई र उपमेयरमा भने बशन्ती राईलाई उठाउने भएको छ ।

माओवादीको पाँच प्रमुख पदमा महिला उम्मेद्वार

दोश्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र खोटाङले एक नगरपालिका र चार गाउँपालिका प्रमुखमा महिलालाई उम्मेद्वार बनाएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा जेठ ३१ गते हुने निर्वाचनका लागि माओवादी केन्द्रले सदरमुकाम दिक्तेल रहेको रुपाकोट मझुवागढी नगरपालिकाको मेयर तथा लामीडाँडा गाउँपालिका, केपीलासगढी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बाराहपोखरी गाउँपालिका प्रमुखमा महिलालाई टिकट दिएको हो ।

नगरपालिका तथा गाउँपालिकाको प्रमुख पदमा महिलालाई ५० प्रतिशत स्थान दिइएको माओवादी केन्द्रका नेता सुरेश राईले बताउनुभयो । माओबादी केन्द्रकातर्फबाट गाउँपालिकाको उपप्रमुखमा समेत चार महिलाले उम्मेद्वारी पाएका छन् । अन्य पार्टीले भने नगर र गाउँपालिकाको प्रमुखमा महिलालाई अघि सारेको छैन ।

हामीले प्रमुख पदमा पचास प्रतिशत स्थान महिलालाई दिएका छौँ,’ रुपाकोट मझुवागढी नगर इन्चार्ज रहेका राईले भन्नुभयो, ‘पार्टीको समाबेसी सहभागीताको नारालाई हामीले व्यवहारमै देखाएका छौँ ।’

माओवादी केन्द्रले रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा नेतृ दुर्गाजयन्ती राईलाई मेयरको टिकट दिएको छ । मेयरका उम्मेदवार राई पूर्वसभाषद हुन् ।

यस्तै, लामीडाँडा गाउँपालिकामा डा. चेतकुमारी गुरुङ, केपीलासगढी गाउँपालिका प्रमुखमा मनकुमारी रसाईली रश्मी, बाराहपोखरी गाउँपालिका प्रमुखमा निसाना राई र जन्तेढुंगा गाउँपालिका प्रमुखमा अरुणा राईले गाउँपालिका प्रमुखको उम्मेदवारी पाएका छन् ।

गाउँ प्रमुखको टिकट पाउनेमध्येका मनकुमारी, निसाना र अरुणा माओबादी जनयुद्धकैक्रममा भूमीगत बनेर सशस्त्र युद्ध लड्दै आएकी नेतृ हुन् । टिकट पाएपछि उनीहरुले चुनावी अभियानलाई तिब्र बनाएका छन् ।

कांग्रेसको उम्मेदवार टुंगो लागेन

स्थानीय तहको लागि नेपाली कांग्रेस खोटाङले भने अझै पनि सर्वसम्मत उम्मेदवार छान्न सकेको छैन । सहमती नजुट्दा कांग्रेसले उम्मेदवार टुंगो लगाउने जिम्मा शनिवार केन्द्रीय कार्य समितिलाई दिएको छ ।

लामो छलफल गर्दा पनि जिल्ला तहमा उम्मेदवारको टुंगो लाग्न नसक्दा आकांक्षीको नामावली केन्द्रीय समितिलाई निर्णयका लागि पठाइएको कांग्रेस सभापति नरेशकुमार श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुशार हालसम्म ऐसेलुखर्क गाउँपालिकाको प्रमुखमा विश्वनाथ निरौला, उपप्रमुखमा शान्ति राई, खोटेहाङ गाउँपालिकाको प्रमुखमा प्रेमकुमार राई र उपप्रमुखमा उषा राईलाई उम्मेदवार बनाउनेमा मात्र सहमती जुटेको छ ।

हलेसी तुवाचुङ नगरपालिकाको उपमेयरमा पनि बिमला राईको नाम सर्वसम्मत भइसकेको छ । कांग्रेसले ७९ वटै वडाको उम्मेद्वारको टुंगो लगाइसकेको जनाएको छ ।

19.12¡ÆC