देउवासामू राख्यो राजपाले तीनबुँदे सर्त : चुनावमा जाने संकेत

जेष्ठ १३, २०७४ मा प्रकाशित | 571 views

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुलाई भेटेर हिजो मात्र आन्दोलनका कार्यक्रम सर्वजनीक गरेको राष्ट्रिय जनता पार्टी नेपालले चुनावमा सहभागिताका लागि तीनबुँदे सर्त राखेको छ ।

कांग्रेस पार्टी कार्यालय सानेपामा भएको भेटमा राजपा नेपालका नेताहरुले चुनावको वातावरण नबनेको बताएका छन् । उनीहरुले दुई तिहाई नपुगेको भन्दै संविधान संशोधन रोकिएको र अरु विषय पनि टार्दै जान खोजिएको आरोप लगाएका छन् ।
उम्मेदवारी दर्तालाई अवरोध गर्ने गरी संघीय गठवन्धनमार्फत आन्दोलन घोषणा गरेको राजपा नेपालका नेताहरुले विहानै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न चाहेका थिए ।

भेटपछि राजपाका नेता राजेन्द्र महतोले अनलाइनखबरसँग भने, हामीले भन्यौं, चुनावको वातावरण बनाउनुस् । हामी चुुनावमा जान चाहन्छौं । हामीलाई बञ्चित नगरियोस् ।’

उनका अनुसार चुनावका लागि जनसंख्याका आधारमा स्थानीय तहको संख्या बृद्धि, मुद्दा फिर्ता र दल दर्ता गरेर चुनाव चिन्ह दिनु पर्ने तीन सर्त कांग्रेस सभापति देउवासामू राखिएको छ । अन्यता चुनावमा भाग नलिने मात्र नभई तराई मधेसमा हुन नदिने उसको चेतावनी छ ।

तर, सर्वोच्चले स्थानीय तहको संख्या बृद्धि गर्न रोकिसकेको छ । महतोले भने, ‘अदालतसदालत हामीलाई केही थाहा छैन । जनसंख्याका आधारमा गाउँपालिका नगरपालिकाको संख्या बृद्धि गर्नुपर्छ ।’

सर्वोच्चको अन्तरिम आदेशलाई ‘भ्याकेट’ गराउने, नियम कानुन सच्याउने काम सरकारको भएको राजपाका नेताहरुले बताएका छन् । ‘फलानोले मानेन, दुई तिहाई पुगेन भनेर संशोधन भएन, अहिले अदालतले रोक्यो भनेर हुँदैन । कुनै हालतमा स्थानीय तहको संख्या बृद्धि हुनुपर्छ’ राजपाका नेता महतोले भने, ‘नत्र चुनाव हुन दिँदैनौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web