सत्तापक्ष र एमालेबीच महाभियोग फिर्ता गरी संसद् अवरोध खुल्ने सहमति

जेष्ठ १३, २०७४ मा प्रकाशित | 783 views

काठमाण्डौ  । सत्तापक्ष र एमालेबीच  महाभियोग फिर्ता गरी संसद् अवरोध खुल्ने सहमति  भएको छ । सनिबार बिहान भएको छलफलमा सत्तापक्ष प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग फिर्ता लिन र पूरानै स्थानीय तहमा चुनाव गराउन सहमत भएको छ । सत्तापक्ष दल र एमालेबीच शनिबार बिहान सभामुखको कार्यकक्षमा भएको वार्तामा सरकार महाभियोग फिर्ता लिन र पुरानै स्थानीय तहका निर्वाचन गराउन सहमत भएको हो ।

सरकार महाभियोग र स्थानीय तह वृद्धिको विषयमा लचक भएपछि एमालेसमेत संसद्को जारी अवरोध खुलाउन सहमत भएको छ ।

प्रमुख तीन दलका शीर्ष नेताबीच शनिबार सिंहदरवारमा भएको वार्तामा सहभागी एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सत्तापक्ष व्यवस्थापिका संसद्मा दर्ता भएको महाभियोग फिर्ता लिन र पुरानै संरचनामा निर्वाचन गर्न तयार भएको जानकारी दिए ।

नेम्वाङका अनुसार, पहिलो चरणको स्थानीय चुनावका क्रममा दोलखा,धादिङ,हुम्लालगायतका जिल्लामा राज्य पक्षबाट भएको ज्यादति र धाँधलीका घटना छानविन गर्न संसदीय छानविन समिति गठन गर्ने सहमति समेत भएको छ ।

बैठकमा राष्ट्रिय जनता पार्टीले चुनाव चिन्ह,स्थानीय तह हेरफेरलगायतका विषयमा असन्तुष्टि जनाउँदै आन्दोलन घोषणा गरेको विषयमा पनि छलफल भएको थियो । राजपाको माग सम्वोधन गर्न सबै पक्ष लचिलो हुँदै जेठ ३१ मै दोस्रो चरणको निर्वाचन सम्पन्न गर्ने सहमति भएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web