कैलाली ।

कैलाली स्थित धनगढी उपमहानगरपालिका ८ देवरीयामा चार दिन अघि एक दम्पतीको हत्या भएको घटनामा सलग्न रहेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयमा आज पत्रकार सम्मेलन गरि प्रहरीले दम्पती बद्रीप्रसाद जोशी र कुन्तादेवी जोशीको हत्या आरोपमा बझाग थलारा गाविस ३ का पुजा बटाला र कलक बटालालाई पक्राउ गरेको जानकारी दिएको छ । पक्राउ परेका दुवै हत्या गरिएका जोशीकै घरमा डेरामा आएका थिए ।

प्रहरी उपरीक्षक अर्जुन चन्दले पक्राउ परेकी पूजा बटालाले वृद्ध दम्पतीको हत्यामा सलग्न रहेको प्रहरी समक्ष स्वीकार गरेको बताउनु भयो ।

उहाले घटनामा सलग्न रहेका अन्य लक्ष्मी ओली, राज ओली, घनेष ओली, नरेश भण्डारीको खोजी कार्य भइरहेको बताउनु भयो ।

प्रहरीले जेठ ८ गते बिहान घरमै हत्या गरिएको अवस्थामा जोशी दम्पतीलाई फेला पारेको थियो ।

23.67¡ÆC