पोखरा महानगरपालिकामा एमालेका मानबहादुर जिसी र मञ्जु गुरुङ विजयी, को हुन मानबहादुर ?

जेष्ठ १२, २०७४ मा प्रकाशित | 890 views

पोखरा ।

देशकै ठुलो महानगरपालिका पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका उमेद्वार मानबहादुर जि सी निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेशका रामजी कुँवरलाई १४ हजार ७ मतले पछाडी पादैं विजयी भएका हुन् । जि सीले ६० हजार ४ सय २३मत ल्याउँदा कुँवरले ४६ हजार ४ सय १६ मत ल्याए ।

यस्तै गरी पोखरा लेखनाथ महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी मञ्जु गुरुङ ५६ हजार ४ सय ४८ मत ल्याएर निर्वाचित भईन् । उनले निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेशकी सरस्वती गुरुङले ४४ हजार ३ सय ३८ मत ल्याईन् ।

एक महानगरपालिका र ४ गाउँपालिका गरी ५ स्थानिय तह भएको कास्कीमा २ लाख २४ हजार ८ सय १३ मतदाता रहेकोमा जम्मा १ लाख ६८ हजार २ सय ८४ मत खसेको थियो । पोखरा लेखनाथ महानगरपालिकामा मात्र १ लाख २५ हजार ९ सय ३२ मत खसेको थियो ।

को हुन् देशकै ठुलो महानगरपालिकाका मेयर मानबहादुर जि सी ?

व्यक्तिगत विवरण

नाम : मानबहादुर जिसी

बाबु : नरबहादुर जिसी

आमा  :  मानकुमारी जिसी

जन्म

२०१७ भाद्र १७ गते मंगलबार ( ५ सन्तान– ४ छोरा र १ छोरी मध्य जेठो सन्तानको रुपमा मध्यम वर्गीय किसान परिवारमा जन्म )

जन्म स्थान  :  साविक कालिका गाविस वडा नं.५ देउमाडी (हाल पोखरा लेखनाथ महानगरपालिका वडा नं. २८)

विवाह  :  २०३६ साल फागुन २७ गते पोखरा– १२ निवासी सुब्बा डम्बरबहादुर कार्कीको छोरी शिव कार्कीसँग  विवाह ।

सन्तान  : २ छोरी–मन्जु र अन्जु जिसी, १ छोरा अशोक जिसी

शिक्षा  :  १—३ कक्षा जनक प्रावि ओखले माझठाना,

४ कक्षा हिमालय प्रावि ठूलोस्वारा चितेपानी।

५—१० कक्षा श्री जनज्योति माध्यामिक विद्यालय झाझरमारे ।

२०३५ सालमा एसएलसी परीक्षा उर्तीण, श्री जनज्योति मावि झाझरमारे

बिएड सम्मको उच्च शिक्षा पृथ्वीनारायण क्याम्पस पोखरा ।

राजनीतिक जीवन  :

२०३७ सालमा अनेरास्ववियुको सदस्यता प्राप्त गरी प्रारम्भिक कमिटी  संगठित ।

२०३९ सालमा पृथ्वीनारायण क्याम्पस अनेरास्ववियु प्राकको अध्यक्ष ।

२०४१ सालमा नेकपा(माले)को पार्टी सदस्यता प्राप्त ।

संगठित कमिटीहरु

नेकपा एमाले कालिका गाउँ कमिटीको सचिव, इलाका कमिटी इलाका नं.४ कास्कीको सचिव, निर्वाचन  क्षेत्रीय कमिटी क्षेत्र नं. १ को सचिव,

२०४९ सालमा— नेकपा एमाले जिल्ला संगठन कमिटीको सदस्य,

२०५० सालमा— नेकपा एमाले कास्कीको तेस्रो जिल्ला अधिवेशनवाट निर्वाचित जिल्ला कमिटी सदस्य  ।

२०५३ सालमा— चांैथो जिल्ला अधिवेशनवाट निर्वाचित जिल्ला सदस्य साथै निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नं. १  कास्कीको सचिव ।

२०५४ सालमा नेकपा एमाले जिल्ला कमिटी कास्कीको उपसचिव, पाचौ  जिल्ला अधिवेशनवाट पुन : उपसचिव

२०५८ साल देखि २०६० साल सम्म २ वर्ष जिल्ला कमिटी कास्कीको सचिव (पार्टी प्रमुख) को जिम्मेवारी ।

पार्टीको आठौं जिल्ला अधिवेशनवाट अध्यक्षमा निर्वाचित (२०६६—२०७० साल सम्म अध्यक्षको जिम्मेवारी)

पार्टीकोे हालको जिम्मेवारी :

नेकपा एमाले केन्द्रीय कमिटी वैकल्पिक सदस्य एवं कास्की जिल्ला इन्चार्ज

प्रदेश संगठन कमिटी प्रदेश नं. ४ को कार्यालय सचिव ।

संसदीय क्षेत्रमा :

२०४९ र २०५४ मा कास्की जिल्ला अन्तर्गत साविक कालिका गाविसको निर्वाचित अध्यक्ष ।

२०७० सालको दोस्रो संविधानसभामा कास्की निर्वाचन क्षेत्र नं.१ बाट (२७२) ले पराजित ।

गाउँ विकास समिति राष्ट्रिय महासंघ नेपालको केन्द्रीय सदस्य तथा सचिवालय सदस्य ।

शैक्षिक क्षेत्रको सेवामा

२०३६ सालमा रत्नशोभा निमाविमा शिक्षक ।

२०४१ देखि २०४४ साल सम्म कालिका गाउँ पञ्चायतको बमचन्द्रकला प्राविमा शिक्षक ।

राजनीतिक नियुक्ति

कास्की जिल्ला सुकुम्वासी समस्या समाधान आयोगको अध्यक्षको जिम्मेवारी (मात्र तीन महिना) ।

समाज सेवा र विकास निर्माण :

सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान र सेवा पु¥याउँदैं विशेष गरी कास्कीको क्षेत्र नं. १ मा खानेपानी, बाटो, पुल लगायतका विकाससँग जोडिएका योजना र निर्माण सम्बन्धी कार्यमा निरन्तर क्रियाशील विकासवादी नेताको रुपमा आफ्नो पहिचान दिन सफल ।

हिरासत

देशमा लोकतन्त्र र गणतन्त्रलाई स्थापित गराउन २०६२/०६३ मा भएको शान्तिपूर्ण जनआन्दोलनको नेतृत्व गरेकै कारण ६२ दिन सम्म हिरासतमा रहेको ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web