‘बिना आधार बढाइएको स्थानिय संख्या फिर्ता नभएसम्म संसद अवरोध हट्दैन’- भीम रावल

जेष्ठ १२, २०७४ मा प्रकाशित | 846 views

बैतडी ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले स्थानीय तहको निर्वाचन नगर्ने नियतले स्थानीय तहको संख्या थपेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा बैतडीले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले सरकारले चुनाव नगर्ने नियतका साथ संविधान विपरीत स्थानीय तहको संख्या थपेको आरोप लगाउनुभएको छ ।

उहाँले भन्नुभयो ‘यो सरकारले संविधान र कानुनको मर्म विपरीत स्थानीय तहको संख्या थप्ने निर्णय गरेको छ । एमाले सदैव यसको विपक्षमा छ । प्रधानन्याधिशमाथि लगाइएको महाअभियोग, संविधान संशोधन प्रस्ताव र स्थानीय तहको संख्या थप्ने निर्णय फिर्ता नहुँदा सम्म संसदको अवरोध कायम रहन्छ ।’

पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले स्थानीय तहको निर्वाचनलाई प्रभावित गर्ने हिसाबले प्रधानमन्त्रीले राजीनामा दिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो ‘म्याद राखेर प्रधानमन्त्री, मन्त्री बन्ने कहाँको लोकतान्त्रि पद्धति हो ? नेपाली कांग्रेस र माओवादी केन्द्रको यो कस्तो खालको लोकतन्त्र हो ?’

नेता रावलले एमाले संसदीय व्यवस्था विश्वास गर्ने पार्टी भएकाले नयाँ सरकार निर्माणको बेला देशलाई आवश्यक परे एमालेले नेतृत्व गर्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो ‘अहिले भन्दा अबको चुनावमा पहिलो पार्टी भएर सरकारको नेतृत्व गर्दछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web