रौतहट ।

एक बर्ष अघि रौतहटमा सेवा केन्द्र स्थापना गर्ने निर्णयको कार्यान्वयन बिहीबार भएको छ ।

रौतहटको चन्द्रनिगाहपुर, मौलापुरमा र गरुडामा सेबाकेन्द्र स्थापना गर्ने निर्णय भएपनि बिहीबार बाट मौलापुरमा र गरुडामा कार्यान्वयनमा आएको छ ।

चन्द्रनिगाहपुरमा अझै सेबाकेन्द्र स्थापना गर्न पहल भएको छैन । मौलापुर सेबाकेन्द्रको प्रमुखमा बबुनन्दन साह र गरुडा सेबाकेन्द्रमा गोरख यादव लाइ प्रमुख रहेका छन ।

दुबै सेबाकेन्द्रले बिहीबार बाट सेबाग्रही लाई सेबाप्रदान गर्ने जनाइएको छ । ग्रामिणभेगका बासिन्दाको सेबापहुच पुरयाउने हेतुले सरकारले रौतहटको तीन स्थानमा मालपोत र नापी कार्यालयको सेबाकेन्द्र संचालनमा ल्याउने निर्णय गरेको थियो ।

सरकारले ०७१ असोज ३० गते चन्द्रनिगाहपुरमा मालपोत र नापी कार्यालयको सेबाकेन्द्र स्थापना गर्ने निर्णय गरेपनि चन्द्रनिगाहपुरमा अझै संचालनमा ल्याउन सकेको छैन ।

19.03¡ÆC