पुर्बी रुकुममा चुनाबी चहलपहल शुरु

जेष्ठ ११, २०७४ मा प्रकाशित | 775 views

रुकुम ।

प्रदेश नम्बर ६ मा पर्ने रुकुमका ६ वटा स्थानीय निकाहरुको निर्बाचन सम्पन्न भएपनि प्रदेश नम्बर ५ मा पर्ने पुर्बी रुकुमका ३ स्थानीय तहमा भने चनाबी चहलपहल शुरु भएको छ ।

५ नम्बर प्रदेशमा पर्ने रुकुमका ३ स्थानीय तहमा सरकारले दोस्रो चरणमा निर्बाचन गर्ने घोाषणा भएपछि यसअघि जिल्लाका अन्य भागहरुमा केन्द्रित भएका दलहरु पुनः निर्बाचनमा केन्द्रित भएका हुन ।

दोस्रो चरणको निर्बाचन सरकारले जेठ ३१ गते गर्ने घोषणा भएकाले चुनाबी तयारीका लागि राजनीतिक दलहरु त्यसतर्फ केन्द्रित भएका हुन ।

५ नम्बर प्रदेशमा पर्ने जिल्लाका पुथाउत्तरगंगा, भुमे र सिस्ने गाउँपालिका हुन । जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्बाचनका लागि पुर्बी रुकुमका चुनाबी प्रचारअभियान शुरु भैसकेको नेकपा माओबादी केन्द्र रुकुमका संयोजक गोपाल शर्माले बताए ।

जिल्ला निर्बाचन कार्यालय रुकुममा निर्बाचनका लागि १३ वटा राजनीतिक दल दर्ता भएपनि संसदमा प्रतिनिधित्व गर्ने नेपाली काग्रेस, नेकपा एमाले, माओबादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी सहित ९ वटा मात्र दल छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web