राजाबाट ‘अपदस्थ’ देउवाको १२ वर्षपछिको सत्तारोहण

जेष्ठ ११, २०७४ मा प्रकाशित | 864 views

काठमाडौं,जेठ ११ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा गरेसँगै नयाँ प्रधानमन्त्रीको चयन प्रक्रिया अघि बढ्ने भएको छ। नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको सहमति कायमै रहेको अवस्थामा सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन्।

कांग्रेस र माओवादी केन्द्रबीच गत असार अन्तिम साता भएको समझदारीअनुसार साउनमा प्रधानमन्त्री भएका दाहालले बुधबार पदबाट राजीनामा दिएपछि देउवालाई कार्यकारी प्रमुख बनेर सिंहदरबार प्रवेशको चौथो अवसर जुर्न लागेको हो। संवैधानिक र संसदीय प्रक्रिया सहजरुपमा अघि बढे कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवा १२ वर्ष ४ महिनापछि फेरि कार्यकारी प्रमुखका रुपमा सिंहदरबार प्रवेश गर्ने छन्।

देउवाका लागि यो अवसर चुनौतीपूर्ण हुनेछ। २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले मुलुकको शासन सत्ता आफ्नो हातमा लिँदै देउवालाई कार्यकारी प्रमुख (प्रधानमन्त्री) बाट अपदस्थ गरेका थिए। २०७२ फागुनमा पार्टीको कमाण्ड सम्हालेका देउवा माओवादी केन्द्र, मधेसकेन्द्रित दलको गठबन्धनलाई कायम राख्दै अघि बढ्ने तयारीमा छन्। नागरिक दैनिकमा यो खबर छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web