प्रशासनिक पुनःसंरचना समितिले सरकारलाई प्रतिवेदन बुझायो

जेष्ठ १०, २०७४ मा प्रकाशित | 668 views

काठमाडौं ।

अधिकार सम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिले संघीय निजामती सेवा, प्रदेश नीजामती सेवा र स्थानीय सेवा सम्बन्धी कानुन तर्जुमा गर्दा आवश्यक पर्ने आधारभुत मार्गदर्शन, सिद्धान्त र नीतिहरु समेटिएको प्रारम्भिक प्रतिवेदन आज सरकारलाई बुझाएको छ ।

अधिकार सम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिको कार्यान्वयन समितिका संयोजक काशीराज दाहालले सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीलाई आज सामान्य प्रशासन मन्त्रालयमा उक्त प्रतिवेदन बुझाउनु भएको हो ।

प्रतिवेदन बुझ्दै मन्त्री बुठाथोकीले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी प्रशासनसम्बन्धी ऐन कानुन तर्जुमाका लागि प्रतिवेदन महत्वपूर्ण रहने बताउनु भयो ।

प्रतिवेदनमा संविधानले अङ्गीकार गरेका मार्ग दर्शक सिद्धान्तहरुका आधारमा संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी प्रशासनसम्बन्धी ऐन कानुन तर्जुमा गर्दा अपनाउनु पर्ने २२ बुँदे आधारभुत मार्गदर्शन, सिद्धान्त र नीतिहरु समावेश गरिएको कार्यन्वयन समितिका संयोजक काशीराज दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web