कालिकोट ।

कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिकाको मतगणना गएराति अबेर सकिएकोछ । मतगणना सकिए पछिको मत र्पिरणाम अनुसार गाउँ पालिका प्रमुखमा नेकपा एमालेका धिरबहादुर विष्टले २४६० मत प्राप्त गरी बिजयी हुनु भएको छ ।

त्यस्तेै काँग्रेका प्रमुख पदका उम्मेदवार मिनबहादुर बोगटी ले २२३८ मतप्राप्त गर्नु भएको छ बिष्टले बोगटीलाई २३२ मतले पछाडी पार्नु भएको हो । त्यस्तै नेकपा माओबादी केन्द्रका अग्र बिष्टले २१३७ प्राप्त गर्नु भएको छ ।

मतपरिणम अनुसार उप प्रमुखमा माओबादी केन्द्रका मनसोभा बुढा झिनो मतले कांग्रेसका सुसिला शाहीलाई पछि पार्दै बिजयी हुनु भएको हो । बुढाले २२४९ मत प्राप्त गर्नु भएको थियो भने कांग्रेसका उप प्रमुखका उम्मेदार शुसिला शाहीले २०४३ मतका प्राप्तगर्नु भएको छ । भने एमालको सुनिता बुढाले २०३८ मत प्राप्त गर्नु भएको छ ।

गाउँ पालिाको वार्ड नं १ अध्यक्षमा एमालेका पिथ्थी बिष्ट ३मा एमालेका टंकक बिष्टको पनलेल बिजयी भएको छ भने ४ मा कांग्रेस का नर बहादुर सहकारी र ५ मा माओबादी केन्द्रका गगन फडेराको पनलेबिजयी भएको छ । ७ मा माओबादी केन्द्रका प्रकास बिकको पुरै पनेल बिजयी भएको छ । ६ मा पनि माओबादी केन्द्र तुलराज बिक दैलेखिको पेनेल बिजयी भएको छ ।

त्यस्तै ८ मा लोग बहादुर बिष्ट र ९ जोरासिह शाही एमालेको पेनेल वर्डामा बिजयी भएको छ । बैशाख ३१ गते नरहरीनाथको वडा नं ६ मा नेपाल कम्युनिष्ट पार्टीले मतपत्र जलाएपछि रोकीएको मतदान गत आइतबार पुन सम्पन्न भई आइतबारदेखि नै मतगणना कार्य थालिएको थियो । पेनले बिजयी भएको छ ।

यो संगै कालिकोटमा रहेका तिन नगरमा २ मा माओबादी केन्द्र र १ मा एमाले ६ गाउँ पालिका मध्य २ मा एमाले १ मा कांग्रेस र ३ गाउँ पालिकामा माओबादी केन्द्रले प्रमुखमा बिजयी गरेका छन ।

20.12¡ÆC