विर्तामोड ।

लिचीको दाना अड्किएर आज झापामा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कनकाई नगरपालिका–१ प्रजापति निवासी टेकनारायण बुढाथोकीका तीन वर्षीय छोरा रोशन रहेको पशुपति प्राथमिक विद्यालयका शिक्षक खेम कार्कीले जानकारी दिनुभयो ।

उनी सोही विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत रहेको बताइएको छ ।

17.44¡ÆC