सुर्खेत ।

सुर्खेतको वीरेन्द्रनगर –१४, छेडामा आज सवारी दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु हुनुका साथै २५ जना घाईते भएका छन् ।

घाईते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

कालिकोटबाट निर्वाचन सम्पन्न गरेर सुर्खेत आउँदै गरेको मध्यपश्चिम क्षेत्रीय सशस्त्र प्रहरी गणको ना १ ग– ४७६ नम्वर मिनि ट्रक वीरेन्द्रनगर–१४, छेडाको मोडमा अनियन्त्रित भई दुर्घटना हुँदा रुकुम निवासी प्रहरी जवान ताराबहादुर चन्दको घटना स्थलमै मृत्यु भएको हो ।

घाईतेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल, स्थानीय माया र देउती नसिं∙ होममा उपचार भईरहेको सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार आचार्यले जानकारी दिनु भयो ।

उहाँका अनुसार मिनि ट्रकमा २५ जना प्रहरी जवान सवार थिए ।

19.52¡ÆC