धनुषा ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो चरणको निर्वाचन समयमै हुनेमा ढुक्क रहन आग्रह गर्नुभएको छ ।

जनकपुरमा आज नेकपा(माओवादी केन्द्र), प्रदेश नम्बर २ को पोलिटब्युरो बैठकलाई सम्बोधन गर्न धनुषा पुग्नु भएका प्रधानमन्त्री प्रचण्डले पत्रकारसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले मधेसमा निर्वाचन उत्सवमय हुने बताउनुभयो ।

उहाँले मधेसी जनता निर्वाचनमा सहभागी हुन आतुर छन् भन्दै पहाडमा भन्दा मधेसमा बढी मत खस्ने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले निर्वाचनबाट मधेसको केही माग सम्बोधन हुने र केही माग संविधान संशोधनको माध्यमले पूरा हुने विश्वास दिलाउनुभयो ।

आजै जनकपुरमा जनकपुर टुडेको १८ औं वार्षिकोत्सवको अवसरमा प्रधानमंत्री प्रचण्डले मधेश आन्दोलनको माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको र केही दिन भित्रै नतिजा आउने गरी निर्णय भएको बताउनु भयो ।

उहाले अहिलेसम्मको उपलब्धिको रक्षा लागि निर्वाचनबाट जनादेश लिएर अगाडी बढ्न आग्रह गर्नुभयो ।

प्रधानमनत्रीले बैसाख १७ गते संशोधनका लागि दुई तिहाइको अवस्था संसदमा आएपनि सरकारमा भएका दलका १२ जना सांसद हराएका कारणले प्रस्ताव पेश नगरिएको स्पष्ट पार्नु भयो ।

कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले दोस्रो चरणको स्थानिय तहको निर्वाचनको लागि बतावरण बनाउनु पर्ने बताउनु भयो ।

राष्ट्रिय जनता दलका नेता महेन्द्र राय यादवले विगतमा भएको तीन बुँदे सहमति अनुसार संविधानको संशोधन , जनसंख्याको अधारमा निर्वाचन क्षेत्र निर्धारण झुठा मुदा खारेजी तथा रिहाईको माग सम्बोधन मधेशमा चुनाव नहुने पनि बताउनु भयो ।

19.12¡ÆC