भक्तपुर ।

भक्तपुर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यहरुले आज सपथग्रहण गरी कार्यभार सम्हाल्नु भएको छ ।

नगरपालिकाले आज आयोजना गरेको सपथ ग्रहण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले नवनिर्वाचित नगरप्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीलाई सपथ ग्रहण गराउनु भएको थियो ।

कार्यक्रममा सांसद प्रेम सुवालले आफैले कानून बनाउने, आफैले पालना गर्ने गरि कार्यपालिका, न्यायपालिका र व्यबस्थापिकाको भूमिका स्थानीय तहले गर्न पाउने अधिकार भएकाले यसलाई पुरा गर्ने जिम्मेवादी नवनिर्वाचित पदाधिकारीमा आएको बताउनुभयो ।

16.55¡ÆC