गर्मीले तराईको जिवन कष्टकर

जेष्ठ ७, २०७४ मा प्रकाशित | 693 views

सिरहा ।

पछिल्लो पटक सिरहा सहित तराईका जिल्लाहरुमा बढेको अत्यधिक गर्मीका कारण यहाँको जनजीवन कष्टकर बनेको छ ।

एकाबिहानैदेखि प्रचण्ड गर्मी हुँदा खासगरी दैनिक मेहनत मजदुरी गर्नेहरुलाई धेरै नै समस्या खेप्नुपरीरहेको छ ।

प्रचण्ड गर्मीका कारणले गर्दा ठेला ,रिक्सा चलाउने तथा दैनिक मेहनत मजदुरी गर्नेहरुलाई प्रचण्ड गर्मीका कारणले दिनभरी कामकाज गर्न नसकिने भएपछि ति निमुखा गरीबक जनताहरुलाई दैनिकी गुजारा गर्नमा धोधौ भईरहेका छन ।

अत्यधिक गर्मीका कारण सिरहाको लहान , धनगडी , गोलबजार , मिर्चैया , सिरहा सहित जिल्लाका अन्य ग्रामिण भेगका स्वास्थय संस्थाहरुमा बिरामीको संख्यामा समेत निकै बृद्धि भएका छन भने प्रचण्ड गर्मीका कारणले स्थानीय बजारमा चिसो तथा पेयपदार्थको विक्रि वितरणमा समेत बृद्धि भएको स्थानीय ब्यापारीहरुको कथन छ ।

यस्तै प्रचण्ड गर्मीमा भविष्यका कर्णाधार मानिने बालबालिकाहरुलाई यस्तो गर्मीमा पठन पाठनमा निकै समस्या खेप्नुपरीरहेको अवस्था देखिन्छ ।

खासगरी दिउँसो हुने अत्यधिक गर्मीका कारणले सर्वसाधारणहरुको बजारमा चहल पहमा समेत निकै कमि देखिन्छ । प्रचण्ड गर्मीमा पटक पटक विद्युत बत्ति जाँदा सिरहाका बजारहरु सहित ग्रामिण भेगका सर्वसाधारणहरुको जनजीवन निकै कष्टपुर्ण बित्तिरहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web