स्याङ्जाको वालिङमा जीप दुर्घटना, एकको मृत्यु, सात घाईते

जेष्ठ ७, २०७४ मा प्रकाशित | 711 views

वालिङ ।

स्याङ्जाको वालिङ नगरपालिका १४ मा आज बिहान जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

वडा प्रहरी कार्यालय वालिङका अनुसार वालिङ नगरपालिका १४ पेखु ठानाबाट वालिङतर्फ आउँदै गरेको ग १ ज ५४१६ नम्बरको जीप दुर्घटना हुँदा जीपमा सवार वालिङ १४ बस्ने वर्ष २५ की सानु खाँणको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाईते भएका वालिङ १४ बस्ने वर्ष १५ की निशा खवास र चापाकोट नगरपालिका ४ बस्ने वर्ष १५ की पूजासिंह ठकुरी घाईते भएका छन् उनीहरुको थप उपचारकालागि मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको छ ।

दुर्घटनामा सामान्य घाईते भएका वालिङ १४ बस्ने बर्ष ३१ की सुशीला थापा, सोही ठाउँ बस्ने वर्ष ३६ की सरस्वती एस्के, वर्ष २१ को कुुलबहादुर कुँवर र चालक वर्ष ३५ को कृष्ण खाँण, चापाकोट नगरपालिका बस्ने वर्ष १८ की जमितासिंह ठकुरीको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ ।

राति परेको पानीकारण चिप्लो कच्ची सडकमा जीप चिप्लिएर झण्डै २५ मिटर तल खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web