काठमाडौं ।

साझा पार्टीले कैलालीको टिकापुरमा सुरक्षाकर्मी र नावालक सहितको विभत्स हत्याका घटनामा संलग्नलाई राजनीतिक आवरणमा उन्मुक्ति दिन खोजेको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

एक विज्ञप्ति प्रकाशित गरी साझा पार्टीले मन्त्रिपरिषदको बैठकबाट आरोपितहरु विरूद्धको अदालतमा विचाराधिन मुद्दा फिर्ता लिन गरेको गैर जिम्मेवारपूर्ण निर्णयप्रति साझा पार्टीले भत्सर्ना गरेको छ ।

आठजना सुरक्षाकर्मी र एक जना नावालकको विभत्स हत्याको त्रासदीपूर्ण घटनाका दोषीलाई उन्मुक्ति दिएर सरकारले दण्डहीनतालाई प्रश्रय दिन खोजेको साझा पार्टीले जनाएको छ ।

कैलाली लगायत सबै आपराधिक घटनाको निष्पक्ष जाँचबुझ गरी दोषीलाई कानुनी कारबाही गर्न र मुद्दा फिर्तासम्बन्धि निर्णय तुरुन्त फिर्ता लिन आग्रह गरेको छ ।

सरकारको यस्तो निर्णयलाई साझा पार्टीले विधिको शासन र मानव अधिकारका आधारभूत मूल्य मान्यताको बर्खिलाप हुनेगरि गरिएको निर्णय भएको जनाएको छ ।

२०७२ भदौमा कैलालीको टिकापुरमा थरुहट आन्दोलनका नाममा भएको हिंसात्मक प्रदर्शनका क्रममा एसएसपी सहित ८ सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएर जिउँदै जलाएर तथा गोली र हतियार प्रहार गरि निमर्मता पूर्वक हत्या गरिएको थियो । सो घटनामा सुरक्षाकर्मीको परिवार भएकै कारण एक नाबालक दुधे बच्चालाई समेत गोली हानी हत्या गरिएको थियो ।

कैलाली घटनालाई लक्षित गर्दै सरकारले गरेको निर्णयबारे साझा पार्टीको विज्ञप्ति

(प्रकाशन/प्रसारण र श्यर गरिदिन आग्रह सहित)

२०७२ भदौमा कैलालीको टिकापुरमा भएको जघन्य आपराधिक घटनालाई समेत लक्षित गरेको देखिने गरी नेपाल सरकारले यही जेठ ४ गते आरोपितहरु विरूद्को अदालतमा विचाराधिन मुद्दा फिर्ता लिन गरेको निर्णयप्रति साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।

आठजना सुरक्षाकर्मी र एक जना नावालकको विभत्स हत्याको त्रासदीपूर्ण घटनाका दोषीलाई राजनीतिक आवरणमा उन्मुक्ति दिनेतर्फको सरकारको यो गैरजिम्मेवार निर्णयको साझा पार्टी भर्त्सना गर्दछ।

दण्डहीनतालाई प्रश्रय दिने सरकारको यो निर्णय विधिको शासन र मानव अधिकारका आधारभूत मूल्य-मान्यताको बर्खिलापमा रहेको स्पष्ट छ।

कैलाली लगायत सबै आपराधिक घटनाको निष्पक्ष जाँचबुझ गरी दोषीलाई कानुनी कारबाही गर्न र मुद्दा फिर्तासम्बन्धि निर्णय तुरुन्त फिर्ता लिन साझा पार्टी सरकारलाई आग्रह गर्दछ।

मिति: ०६ जेठ, २०७४

साझा पार्टी

केन्द्रीय कार्यालय, ललितपुर

सरकारद्धारा टीकापुर मुद्दा फिर्ता, जिउँदै आगो लगाउने र भालाले रोपेर मार्नेलाई माफि

काठमाडौं मेयरमा ठूला दललाई साझा पार्टीको कडा चुनौति, ८ सय मत गन्दा डेढ सय बदर

काठमाडौँ महानगरमा ताजा मतपरिणाम आयो, एमालेलाई साझा पार्टी र काँग्रेस पछ्याउँदै

19.12¡ÆC