राजविराज इलाका प्रशासन कार्यालयमा बम बिष्फोट

जेष्ठ ६, २०७४ मा प्रकाशित | 728 views

राजविराज ।

भारतीय भूमिमा रहेर नेपाली भूभागमा हिंसात्मक गतिविधि गर्दै आएको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले सप्तरीको बोदे बर्साइन नगरपालिकास्थित इलाका प्रशासन कार्यालयमा बम बिष्फोट गराएको छ ।

शनिबार विहान गराइएको कुकर बम बिष्फोटबाट कुनै क्षति भएको छैन । शनिबार विहान साढै १२ बजेतिर कार्यालयको भुइँतल्लामा बिष्फोट भएको प्रहरीले जनाएको छ ।

बिष्फोटका कारण बाहिर राखिएको एउटा शोकेस फुटेको छ । यसबाहेक कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालयकका एसपी अनुराग द्विवेदीले बताए ।

यसैबीच बिष्फोटको जिम्मेबारी जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का अध्यक्ष जयकृष्ण गोइतले लिएका छन् । उनले बिज्ञप्ती जारी गर्दै बिष्फोटको जिम्मा लिएका हुन् ।

गोइत नेपालसँग सिमा जोडिएको भारतीय भूभागमा बस्दै आएको र उनको खोजि नेपाल प्रहरीले गरेपनि भारतीय पक्षले उनलाई पक्राउ गरेर नेपाललाई बुझाउन असहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web