नुवाकोटको विदुरमा एमाले, ककनीमा माओवादी

जेष्ठ ५, २०७४ मा प्रकाशित | 713 views

काठमाडौं,जेठ ५ । नुवाकोटको विदुर नगरपालिका एमालेको पोल्टामा परेको छ । सुरुदेखि नै कांग्रेस र एमालेबीच कडा टक्कर परेको नुवाकोटमा एमालेका सञ्जु पण्डितले जित हासिल गरेका हुन् । पण्डितले ९ हजार ७ सय ११ मतका साथ जित हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका ध्रुव अधिकारीले ८७४६ मत ल्याएका छन् । माओवादीका लिलानाथ न्यौपानेले ४७५१ मत ल्याउँदै तेस्रो भए ।

उपमेयरमा एमालेकी गीता दाहाल झिनो मत अन्तरले विजयी भएकी छन् । उनले ९१२४ मतका साथ जित दर्ता गराउँदा कांग्रेसकी गीता अमात्यले ९ हजार २ सय २ मत पाइन् । उपमेयरमा पनि माओवादी तेस्रो भएको छ । माओवादी केन्द्रकी उपमेयर उम्मेदवार सुभद्रा नेपालले ४७२० मत ल्याइन् ।

नुवाकोटमा माओवादीले खाता खोलेको छ । ककनी गाउँपालिका जित्दै माओवादीले नुवाकोटमा खाता खोलेको हो । ककनीमा माओवादी केन्द्रका मानबहादुर तामाङ ४३३४ मतका साथ बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीपेश लामाले ३५९१ मत ल्याए । उपप्रमुखमा माओवादीकै सीता खतिवडा विजयी भएकी छन् । उनी ४१३३ मतका साथ विजयी भएकी हुन् । उनलाई सुरुदेखि नै पछ्याएकीकी एमालेकी लजिता तामाङले ३६ सय ९७ मत पाएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web