उच्च शिक्षा हासिल गर्ने जेहन्दार छात्रालाई प्रोत्साहन

जेष्ठ ५, २०७४ मा प्रकाशित | 1564 views

उच्च शिक्षा हासिल गर्ने जेहन्दार छात्रालाई प्रोत्साहन

<p>पप्पु गुरुङ्, ५ जेठ, दोधारा । माहाकालीमा नगर स्तरिय महिला मुल समितिले उच्च शिक्षा हासिल गर्ने जेहेन्दार छात्रालाई आज प्रोत्साहान गरेको छ् । &nbsp;हिजो एक कार्यक्रमको बिच भानु बहुमुखी क्याम्पसमा अध्यनरत २० जना छात्रालाई प्रोत्साहन स्वरुप बिद्यालय पोशाक तथा स्टेशनरी सामग्री बिरतण गरेका हुन् । माहाकाली नगरपालिका स्थित रहेको नगर स्तरिय महिला मुल समितिको आयोजनामा संचालित कार्यक्रममा भानु बहुमुखी कयाम्पसमा अध्यनरत २० जना जेहेन्दार तथा गरिब छात्रालाई उनिहरुको शिक्षामा प्रोत्साहन होस भन्ने उद्धेश्यले प्रत्येक छात्रालाई क्यम्पसका पोशाक तथा स्टेशनरी सामग्री बितरण गरिएको नगर स्तरिय महिला मुल समितिले जनाएको छ् । नगर स्तरिय महिला मुल समिति, माहाकालीका अध्यक्ष उमा रानाको सभापतित्वमा संचालित कार्यक्रममा प्रमुख अतिथी माहाकाली नगरपालिका कार्यालयका प्रतिनिधी गोबिन्द राज उपाध्याय रहहनुभएको थियो भने बिशिष्ट अतिथीमा भानु बहुमुखी कयाम्पसका क्याम्पस ब्यवस्थापन समिति अध्यक्ष राजिब खड्का तथा क्याम्पसका प्रचार्य गगन खड्का, अधिकारकर्मी धनसरा चन्द लगाएत छात्राहरु तथा नगरस्तरिय महिला मुल समितिका पदाधिकारीहरु रहनुभएको थियो । शिक्षामा प्रोत्साहन होस भन्ने उद्धेश्यले छात्रालाई क्यम्पसका पोशाक तथा स्टेशनरी सामग्री बितरण गरिदै बक्ताहरुले बिगतका तुलनामा छात्राहरु पढाईमा आकर्षित हुदै गएको र उनिहरुलाई माहाकालीका बिभिन्न संघ संस्थाहरुले उनिहरुको शिक्षामा पहुच तथा प्रोत्साहन गर्दै लग्दै जानु पर्ने जोड दिएका थिए । शिक्षीत महिला भए समाजमा पिरिवर्तन ल्याउने भएको हुदा महिला शिक्षालाई बिशेष जोड दिन सरोकारवालालाई समेत आग्रह गरिएको थियो । प्रोत्साहन स्वरुप छात्राहरुले क्याम्पस पोशाक तथा स्टेशनरी पाएपछि खुशी ब्यक्त गर्दै आगामी दिनहरुमा महिलाहरुलाई शिक्षा प्रति आकर्षण बढाउने प्रकारको कार्यक्रम गर्न समेत सुझाव दिएका थिए । भानु बहहुमखी क्याम्पसको सभा कक्षमा संचालन भएको कार्यक्रमको संचालन नगर स्तरिय महिला मुल समितिका सचिव खिमा चन्दले गर्नु भएको थियो । &nbsp;</p><p><br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web