काठमाडौं ।

मत गणनाको सुरुवाती देखीनै दुई दिनसम्म मति गनिसक्दा लगातार जसो पाँचौ स्थानमा परेपछि माओवादी केन्द्रका काठमाडौं मेयर उमेद्वार सर्वोत्तम डंगोलले हार स्विकारेका छन् ।

नयाँ स्थापित साझा पार्टीका मेयर उमेद्वार किशोर थापा भन्दा आधा मत कम अवस्थामा देखिएका डंगोललाई विवेकशिल नेपालकी उमेद्वार रञ्जु दर्शनाले दोब्बर बढी मतले जितिरहेकी छिन् ।

५ सय पनि मत नपुगेपछि १५ हजार भोट गन्दैखेरी डंगोलले आफ्नो हार स्विकारेका छन् ।

माओवादी केन्द्रमा बाहिरि दलबाट आएका मान्छे धेरै देखिनु, पार्टी संगठन काठमाडौंमा कमजोर हुनु, तथा एमाले वा काँग्रेससँग तालमेलको कुरा भएपनि तालमेल नभएको स्पष्ट सन्देश मतदातामा पुर्याउन नसक्नु जस्ता कारण आफ्नो पराजय रहेको उनले बताएका छन् ।

यस बाहेक राजनीतिक मुद्दा स्थापित गर्न नसक्नुका कारणसँगै पार्टी नेतृत्वले समेत सहयोग नगरेको जस्ता कारण जित भन्दा धेरै टाढा पुगेको भन्दै डंगोलले आफ्नो पराजयलाई स्विकार गरेका छन् ।

21.12¡ÆC