ललितपुरमा उमेद्वारै नभएको एमालेलाई सबैभन्दा बढी भोट

जेष्ठ २, २०७४ मा प्रकाशित | 609 views

ललितपुर ।

ललितपुर महानगरपालिकामा एमाले र राप्रपाबीच तालमेल भयो जसअनुसार एमालेले उपमेयरमा राप्रपालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको थियो । अर्थात् ललितपुर महानगरमा एमालेका उपमेयर उम्मेदवार नै थिएनन् । तर, वडा नं १ को मतगणना गर्दा उपमेयरमा एमालेले सबभन्दा बढी मत पाएको छ ।

एमालेले यो पदमा १ सय ३३ मत पायो भने राप्रपाका उपमेयर उम्मदेवार बाबुकाजी प्रधानले ८९ मत मात्रै पाए । आफूलाई भन्दा उम्मेदवार नै नभएको सूर्य चिह्नमा बढी मत आएको देखेपछि प्रधानले असन्तुष्टि प्रकट गरेका छन् । ‘सहमति गरेर अन्तिममा धोका दिए,’ उनले भने, ‘यसमा गम्भीर आपत्ति छ ।’

उक्त वडामा कांग्रेसका निर्मल तण्डुकार ६ सय ९२ मत ल्याएर विजयी भएका छन् । तण्डुकारले प्रतिद्वन्द्वी एमालेका उम्मेदवार रमेश महर्जनलाई १६२ मतअन्तरले हराए ।

माओवादी केन्द्रका उम्मेदवार अर्जुन तण्डुकारले २८१ मत ल्याए । यो वडामा दलित महिला सदस्यमा नयाँ शक्तिकी विनाकुमारी पोडे निर्विरोध भइसकेकी छन् । महानगरको प्रारम्भिक मतगणनामा मेयरमा एमालेले अग्रता लिएको छ । एमालेलाई कांग्रेसले पछ्याइरहेको छ ।

कान्तिपुर दैनिकमा प्रशान्त मालीले समाचार लेखेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web