काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहालले एक हप्ताभित्रमा पदबाट राजिनामा दिने घोषणा गरेका छन् ।

तराई केन्द्रित राजनीति गर्दै आएको राष्ट्रिय जनता पार्टीका नेताहरुसँग सोमबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले एक साताभित्र आफूले व्यवस्थापिका संसदमा सम्बोधन गरेर पद त्याग गर्ने घोषणा गरेका हुन् ।

‘स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयनको ढोका खोलेको तथा राष्ट्र र जनताका पक्षमा सत्तापक्ष र प्रतिपक्षले नसोचेको परिणाम हासिल गरेको भन्दै दाहालले पदबाट राजिनामा दिने बताएका हुन् ।

दाहालले तराई केन्द्रित राजनीति गर्दै आएका नेताहरुसँगको भेटमा भने अब तपाईँहरुले उठाएका माग सम्बोधन हुने गरी संविधान संशोधन गर्ने मेरो लक्ष्य र उद्देश्य छ, वर्तमान सत्ता गठबन्धन कायमै रहन्छ । यो गठबन्धनले तपाईहरुका माग सम्बोधन हुने गरी संविधान संशोधन गर्छ ।’

कांग्रेस र माओवादी केन्द्रबीच गत साउनमा भएको भद्र सहमति अनुसार अब काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु हुने बताइएको छ ।

प्रधानमन्त्रीलाई भेट्न राजपाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, महेन्द्रप्रसाद यादव, राजकिशोर यादव र अनिलकुमार झा बालुवाटार पुगेका थिए ।

पछिल्लो समय काँग्रेस सभापती शेरबहादुर देउवा प्रहरी महानिरिक्षक नियुक्तीमा हस्तक्षेप, सर्वोच्च अदालतका प्रधानन्यायाधिश सुशीला कार्की महाअभियोगमा मुछिएर चर्को आलोचना खेप्दै आएपनि संसदीय गणितका आधारमा माओवादी र तराई केन्द्रित दलहरुको समर्थन बटुल्दै प्रधानमन्त्री हुँदैछन् ।

19.12¡ÆC