मुगु ।

पहिलो चरणको स्थानिय तह निर्वाचन अन्तएरगत आज मुगु जिल्लामा भएको निर्वाचनमा ७५ प्रतिशत मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृत पुर्णेश्वर प्रसाद उपाध्याय अनुसार जिल्ला भरी रहेका ६० वटा मतदान केन्द्रहरुमा भएको मतदानमा ७५ प्रतिशत मतदाताहरुले आफनो मताधिकार प्रयोग गरेका हुन ।

जिल्लामा रहेका २७ हजार ४ सय ४६ मतादाताहरु मध्य करिव २० हजार भन्दा बढी मतादाताहरु निर्वाचन बुधमा उपस्थित भएर मतदान गरेको मुख्य निर्वाचन अधिकृत उपाध्याय बताउनु भयो ।

सबै मतदान केन्द्रहरुमा शान्तिपुर्ण रुपमा निर्वाचन सम्पन्न भएको र मतदान केन्द्रहरुबाट मतपेटिका सम्वन्धित गाँउपालिका र नगरपालिकामा ल्याउने काम भई रहेको प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले जानकारी गराउनु भयो ।

शनिवार नेपाल कम्यूनिष्ठ पाटीका कार्यकर्ताहरुले निर्वाचन सामग्री नियन्त्रणमा लिएर नष्ट गरेको छाँयानाथ रारा नगरपालिका १२ सोवा रहेको निर्वाचन बुधमा आज शान्तिपुर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ ।

आज खत्याड गाँउपालिकामा रहेको आँम मतदान केन्द्रमा मतदाता परिचय पत्रका विषय विवाद भई दलहरुका कार्यकर्ता विच ढुन्गा हाना हान हुदा सुरक्षाकर्मीले ५ राउण्ड हवाइ फायर गर्नु परेपनि स्थिती नियन्त्रणमा आई निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको थियो । यो बाहेक अन्य मतदान केन्द्रहरुमा कुनै पनि विवाद विना मतदान सम्पन्न भएको पनि प्रजिअ पोखरेलले बताउनु भयो ।

२३३ पदका लागी ६२५ जनाको उम्मेदवार रहेका छ ।

23.22¡ÆC