अदालतमा एकै दिन दुई वटा बलात्कार मुद्धाको फैसला, ६ वर्ष र १३ वर्षकैद

बैशाख ३१, २०७४ मा प्रकाशित | 943 views

ताप्लेजुङ ।

जिल्ला अदालत ताप्लेजुङले आइतबार दुई वटा बलात्कार मुद्धाको फैसला गरेको छ । जिल्ला अदालत ताप्लेजुङका न्यायधिस अशोक कुमार बस्नेतको इजलासले एउटा हाडनाता र अर्को छिमेकीबाट भएको बलात्कार मुद्धाको फैसला सुनाएको हो ।

६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै आठराई त्रिवेणी गाउँपालिका–४ का २२ वर्षीय (क)लाई अदालतले आइतबार १० वर्ष र हाडनातामा ३ वर्ष गरि १३ वर्षकैद फैसला सुनाएको छ ।

नातामा आफ्नै काका पर्नेले पीडितलाई बलात्कार गरेको ठहरसहित बलात्कार र हाडनाता दुवैगरि १३ वर्षकैदको फैसला भएको अदालतका श्रेस्तेदार गोपाल थापाले जानकारी दिनुभयो ।

२०७३ चैत १५ गते बलात्कार गरेको आरोपमा अभिभावकले चैत २०  गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । यसैबिच १५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै आठराई त्रिवेणी गाउँपालिका–२,फुलबारीका १९ वर्षीय तोर्मे भन्ने विजय शेर्पालाई अदालतले ६ वर्षकैद फैसला सुनाएको छ । शेर्पालाई कैद र नेपाल सरकारबाट पिडितलाई ५० हजार क्षतिपूर्ती भराउने फैसला गरेको हो ।

शेर्पासँग जायजेथा केही नदेखिएको÷नपाईएकाले पिडितलाई नेपाल सरकारको नाममा क्षतिपूत्र्ती भराउने गरि फैसला भएको अदालतका श्रेस्तेदार गोपाल थापाले जानकारी दिनुभयो  ।

पीडितलाई २०७३ फागुन २६ गते बलात्कार गरेको आरोपमा फागुन २७ गते जिल्ला प्रहरी कार्यालयमा पिडितका अभिभावक परिवर्तीत नाम ताप्लेजुङ ५ ले उजुरी दिएका थिए । प्रहरीले शेर्पालाई फागुन ३० गते नै पक्राउ गरि चैत २२ गते अदालतमा मुद्धा चलाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web