गोरखा खोप्लाङ पुगेर बाबुराम भट्टराईद्धारा मतदान

बैशाख ३१, २०७४ मा प्रकाशित | 970 views

गोरखा ।

स्थानिय निर्वाचनको दुई साता अघिसम्म आफ्नो पार्टीले चुनाव चिन्ह पाउनुपर्ने र स्थानिय चुनाव नै सार्नुपर्ने माग गर्दै आएका पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफ्नो गृह नगर पालुङटार १ खोप्लाङ बेलबास पुगेर आज मतदान गर्नुभएको छ ।

खोप्लाङस्थित अन्नपूर्ण माबि मतदान केन्द्रबाट भट्टराईले मतदान गर्नुभएको हो ।

यस्तै सोही मतदान केन्द्रबाट नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले पनि मतदान गर्नुभएको छ ।

कांग्रेस केन्द्रिय सदस्य चीनकाजी श्रेष्ठले आरुघाट गाउँपालिकामा पुगेर मतदान गर्नुभएको हो ।

यस्तै नेकपा माओबादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आज गोरखाको सिरानचोक गाउँपालिका वडा नं. ८ स्थित परोपकार आदर्श माबि जौवारी केन्द्रबाट मतदान गर्नुभएको छ ।

महिलाहरु मात्रै रहेर गोरखाको वल्ड क्यापिटल माबि मतदान केन्द्र संचालन गरिरहेका छन् ।

गोरखामा अहिलेसम्म शान्तिपूर्वक र सहज तवरले मतदात भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web