स्थानिय निर्वाचनमा भोट खसालेपछि ओलीले भने-‘यो ऐतिहासिक पाइलो ‘

बैशाख ३१, २०७४ मा प्रकाशित | 928 views

भक्तपुर ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्बप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन संविधान कार्यान्वयन, देशलाई स्थिरता र स्थायित्वका पक्षमा ऐतिहासिक पाइलो भएको बताउनुभएको छ।

भक्तपुर सुर्यबिनायक नगरपालिका वडा नम्बर २ स्थित महेन्द्र शान्ति माध्यमिक बिद्यालयस्थित मतदान केन्द्रमा सवा १२ मा मतदान गरेपछि पत्रकारहरुसंग कुरा गर्दै स्थानीय तहको निर्वाचनको ऐतिहासिक महत्व भएको बताउनुभयो ।

अध्यक्ष ओलीले संविधान जारी भएपछि त्यसको कार्यान्वयनका सन्दर्भमा, स्थिरता र स्थायित्वको पक्षमा यो निर्वाचन महत्वपूर्ण ऐतिहासिक पाइला बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web