स्थानिय तहको निर्वाचन मतदान सुरु

बैशाख ३१, २०७४ मा प्रकाशित | 878 views

काठमाडौं ।

आज पहिलो चरण अन्तर्गत ३,४ र ६ नम्वर प्रदेशका ३४ जिल्लामा स्थानीय तहका लागि मतदान हुदैछ ।

२० बर्षपछि हुन लागेको स्थानिय तहको निर्वाचनको लागि आज निर्वाचन हुने स्थानमा भरपर्दाे सुरक्षा व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनएको छ ।

निर्वाचन आयोगद्वारा मिडिया सेन्टरमा आयोजित  पत्रकार सम्मेलनमा प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरण अन्तर्गत भोली हुने निर्वाचनमा मतदान गर्न  सबै वर्ग, तह र समुदायका मतदातालाई आव्हान गर्नुभयो  ।

आज मतदान हुने तीनवटा प्रदेशका  ६ हजार ६ सय ४२ मतदान केन्द्रमा मतदान सामग्री पुगिसेकेको र   मतदान अधिकृत र सुरक्षाकर्मी सम्बन्धित मतदान केन्द्रमा पुगेर मतदानका लागि आवश्यक तयारी पूरा गरिसकेको प्रमुख  आयुक्त डा. यादवले जानकारी दिनुभयो  ।

भोलीको निर्वाचनबाट १ सय ८६ गाउँपालिकामा अध्यक्ष, १ सय ८६ उपाध्यक्ष, ९७ नगरपालिकाका प्रमुख, ९७ उपप्रमुख र दुई हजार ५ सय ९८ वडा अध्यक्ष, दुई हजार ५ सय ९८ वडा सदस्य, दुई हजार ५ सय ९८ महिला वडा सदस्य र दुई हजार ५ सय ९८ दलित महिला वडा सदस्य, दुई पद वडासदस्यका लागि पाँच हजार १ सय ५६ सहित १३ हजार ५ सय ५६ समावेशी जनप्रतिनिधिको चयन हुनेछ ।

प्रमुख आयुक्त डा. यादव –आफूले रोजेको उम्मेदवारलाई मतदान गर्न आग्रह

प्रमुख आयुक्त डा. यादवले सुरक्षाको भरपर्दो व्यवस्था गरिएकाले मतदानमा ढुक्क भएर सहभागी भई आफूले रोजेको उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो ।

भोलीको निर्वाचनमा ४९ हजार ३ सय ३७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

तीमध्ये ६१ प्रतिशत पुरुष र ३९ प्रतिशत महिला उम्मेदवार छन्, । यस्तै ९ हजार ८३ महिला वडा सदस्य र सात हजार ५ सय २६ दलित महिलाको वडा सदस्यमा उम्मेदवारी छ ।

उत्साहका साथ मतदानको प्रतीक्षामा रहेका मतदाताले कुनै कारणवशं मतदाता परिचयपत्र नपाएको भए नागरिकताको प्रमाणपत्र देखाएर मतदान गर्न सक्ने व्यवस्था गरिएकाले त्यसको सदुपयोग गरी मतदानमा सरिक हुन पनि  प्रमुख आयुक्त यादबले आग्रह गर्नुभयो ।

जुन मतदान केन्द्रमा मतदाता नामावलीमा नाम छ, त्यही केन्द्रमा गएर मतदान गर्न तथा नाम ढाँटेर अर्काको नाममा मतदान नगर्न आयोगले मतदातालाई सचेत गराएको छ ।

आयोगले निर्वाचनको अनुगमन गर्न केन्द्रदेखि स्थानीय तहसम्म सूक्ष्म ढङ्गले विभिन्न तहको अनुगमन टोली र ४९ वटा संस्थाका पर्यवेक्षक खटाएको जनाएको छ ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा १ सय ६० महिला र १सय ६९ पुरुष गरी ३ सय २९ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेको आयोगले जनाएको छ । पहिलो चरणको निर्वाचनमा ४९ लाख ५६ हजार ९सय २५ मतदाता मतदान गर्दै छन् ।

निर्वाचनमा राष्ट्रिय पर्यवेक्षण गर्ने ४९ संस्थाका पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गर्नेछन् भने आयोगले केन्द्रदेखि जिल्ला तहसम्म अनुगमन र सूक्ष्म अनुगमनको समेत व्यवस्था मिलाएको छ ।

आचारसंहिताको पूर्ण पालना गर्दै मतदातालाई मताधिकारको प्रयोग गर्ने सहज वातावरण निर्माणका लागि सबै राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, आमसञ्चार माध्यम र निर्वाचनसँग सरोकार राख्ने सबैसँग अनुरोध गरेको छ ।

आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गराउन आयोग दृढ रहेको प्रतिबद्धता व्यक्त गरेको छ । कसैको लोभ, डर, त्रास र धम्कीमा नपरी स्वतन्त्ररूपमा विवेकपूर्ण निर्णय गरेर गोप्य मतदान गर्न आयोगले सबैमा अपिल पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web