मुस्ताङ ।

नेपाली काँग्रेसबाट वाणिज्यमन्त्री रहेका रोमी गौचन थकालीले स्थानिय निर्वाचनमा आफ्ना उमेद्वारलाई भोट माग्दै पैसा बाँडेपछि मुस्ताङको जोमसोम तनावग्रस्त बनेको छ ।

निर्वाचन आचारसंहिताविपरीत मतदातालाई पैसा बाँडेको भेटिएको भन्दै स्थानिय र काँग्रेस बाहेकका सबै दल आवद्ध समर्थकहरुले बिरोध प्रदर्शन गरेका छन् ।

मन्त्री गौचनलाई प्रहरीले सुरक्षा दिएर स्थानीय यामप्रसाद थकालीको घरमा राखेको छ । प्रदर्शनकारीले कालीगण्डकी करिडोरको कोरला सडकको ठाउँ ठाउँमा चक्काजाम गरेका छन् ।

प्रर्दशनका कारण मुक्तिनाथ जान लागेका दर्शनार्थीहरु बाटोमै रोकिएका छन् । प्रदर्शनकारीले जोमसोम मुक्तिनाथ सडकमा सवारी चल्न दिएका छैनन् । सदरमुकामभरि सुरक्षा प्रदान गर्न नेपाल प्रहरी र सशस्त्रलाई व्यापक खटाइएको छ ।

मन्त्री गौचन शुक्रबार दालोमे गाउँपालिका तेताङ गाउँमा आफ्ना कांग्रेस कार्यकर्ता भेट्न पुगेका थिए । राति १२ बजे सर्वसाधारणको घरघरमा पुगेर पैसा बाँडेको भेटिएपछि सर्वसाधारणले समातेर मन्त्री गौचनलाई झुसाङ प्रहरीलाई बुझाएका थिए ।

केही समयमै एमाले, माओवादी केन्द्र, राप्रपा र स्वतन्त्र उमेद्वारका कार्यकर्ता पुगेर उनलाई राखिएको स्थानमा घेराबन्दी गरेर आक्रमणको प्रयास गरेपछि प्रहरीलेराति नै प्रहरीको सुरक्षा घेरामा मन्त्री गौचनलाई सदरमुकाम जोमसोम ल्याएको हो ।

मन्त्री गौचनले भोट किन्न पैसा बाँडेकोले रंगेहात समातेर प्रहरीलाई बुझाइएको एमालेका पूर्वसांसद चन्द्रबहादुर गुरुङले समेत बताएका छन्

उनलाई निर्वाचन आचारसंहिता उल्लघंन गरेको आधारमा कारबाही नगरेसम्म सबै दलहरुको विरोध कार्यक्रम जारी रहने बताएका छन् ।

प्रदर्शन चर्किएपछि जिल्लास्थित सुरक्षा प्रमुखहरुको आकस्मिक बैठक बसेको छ । सेना, प्रहरी, सशस्त्र र अनुसन्धानका प्रमुखहरुले भोलि आइतबार हुने निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरेका छन् ।

मन्त्री गौचन एक सातादेखि यति एयर लायन्सको हेलिकप्टर भाडामा लिएर मुस्ताङको गाउँगाउँ पुग्ने गरेका थिए ।

उनले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै शुक्रबार उनी चढेको हेलिकप्टरमा प्रजिअ पोखरेलसहितको सुरक्षा टोलीले खानतलासी गरेको थियो ।

गौचनले आफू कोरला नाका भ्रमणमा आएकोले निर्वाचन आचारसंहिता नतोडेको सुरक्षा प्रमुखहरुसमक्ष बताएका थिए । तर साँझ भने काँग्रेस उमेद्वारहरुलाई भोट माग्दै हिँड्ने गरेका थिए ।

19.12¡ÆC