राष्ट्रपति भण्डारी थाईल्याण्डमा, भोलि श्रीलंका जानुहुँदै

बैशाख २९, २०७४ मा प्रकाशित | 715 views

थाइल्याण्ड ।

राष्ट्रपति विद्या भण्डारी थाईल्याण्ड र श्रीलंकाको ५ दिने औपचारिक भ्रमणका क्रममा शुक्रबार बैंकक आइपुग्नु भएको छ ।

राष्ट्रपति भण्डारी बैंककको सुवर्णभूमि अन्तराष्ट्रिय विमानस्थलमा पुग्नु भएपछि उहाँलाई थाईल्याण्डका आर्थिक तथा सामाजिक विकासमन्त्री प्रिभी कन्सुलरले थाई शाही प्रतिनिधिका रुपमा स्वागत गर्नुभयो ।

विमानस्थलमा थाइ विदेश मन्त्रालयका उच्च अधिकारी, थाईल्याण्डस्थित थाईल्याण्डका लागि नेपाली राजदूत खगेन्द्र अधिकारी लगायत दूतावासका अधिकारी हरुले राष्ट्रपति भण्डारीलाई स्वागत गर्नुभयो ।

थाईल्याण्डमा रहनुभएकी राष्ट्रपति भण्डारीले आजै बैंककको ग्राण्ड प्यालेसमा राखिएको स्वर्गीय थाई राजा भूमिबल अदुल्यादेनको पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्दान्जली व्यक्त गर्नुभयो ।

गत वर्ष असोज २७ गते निधन हुनुभएका  राजा भूमिबल अदुल्यादेनको पार्थिव शरीर ग्राण्ड प्यालेसमा राखिएको छ ।उहाँको अन्त्येष्टि बौध परम्परा अनुसार आगामी कार्तिक ९ गते त्यही प्यालेसको एयटा बगैचामा गरिनेछ ।

भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार बिहान नेपाली समय अनुसार करीब ८ बजे श्रीलंका प्रस्थान गर्नुहुने कार्यक्रम छ ।

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको औपचारिक निमन्त्रणामा राष्ट्रपति भण्डारी श्रीलंका जान लाग्नुभएको हो ।

५ दिने भ्रमणका क्रममा राष्ट्रपति श्रीलंकाको क्यान्डीमा भईरहेको बुद्ध पूर्णिमाको समापनमा मुख्य अतिथिको रुपमा सहभागी हुनुहुनेछ ।

श्रीलंकाको औपचारिक भ्रमणका क्रममा राष्टपति भण्डारीले आफना समकक्षी सिरिसेनासँग भेटवार्ता गर्नुका साथै उच्च राजनीतिक भेटवार्ता गर्नुहुने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web