बिराटनगर ।

विराटनगरस्थित नोेबेल मेडिकल अस्पतालले २० किलोको ट्युमर भएका एक व्यक्तिको सफल शल्यक्रिया गरेको छ ।

अस्पतालमा कार्यरत चिकित्सकको टोलीले कानको पछाडि पट्टी भएको २० किलोको ट्युमरको सफल शल्यक्रिया गरेका हुन् ।

सुनसरीको दुहवी-१ का मोहम्मद इस्ताकको गएको बुधवार कानको पछाडिको भागमा रहेको ट्युमरको लामो समय लगाएर सफल शल्यक्रिया गरेका थिए ।

२० किलो टुयुमरको सफल शल्यक्रिया पश्चात बेड भर्नामा इस्ताक रहेका छन । उनले ५ वर्ष अघि कानको पछाडि भागमा सामान्य गाँठो जस्तो देखिएको मासुको डल्लो बढेर अहिले यतिको ठुलो हुन पुगेको वताए ।

चार वर्ष अघिसम्म सामान्य अवस्थामा नै थियो एक वर्षदेखि गाँठो बढ्दै जाँदा २० किलो भयो । जसले गर्दा दैनिकिमा नै समस्या भएको इस्ताकले बताए ।

14.93¡ÆC