सल्यान ।

मतदाता परीचय पत्र लिएर घर फर्कदै गर्दा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । सल्यान शारदा नगरपालिका १० वल्ले निवासी ४५ वर्षिय खुम वहादुर कवरको भिरबाट लडेर मृत्यु भएको हो ।

विहिवार आफनो केन्द्रमा पुगेर मतदाता परीचय पत्र लिएर घर फर्कदै गर्दा शानपा १० कै वाँजभिरबाट खसेर कवर गम्भिर घाइते भएको हुनुभएको थियो । घाइते कवरको उपचारका क्रममा जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको जिल्लाल प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

22.25¡ÆC