काठमाडौं ।

निर्वाचन आयोगले साझा यातायात मार्फत निर्वाचन र मतदानका विषयमा मतदातालाई जानकारी होस् भन्ने उद्देश्यले साझा यातायातका बसहरुमा आजदेखि मेरो मत अमूल्य छ भन्ने सन्देशमूलक स्टिकर टाँसिएको छ ।

कान्तिपथस्थित निर्वाचन आयोग परिसरमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले साझा बसमा निर्वाचन आयोगको लोगो अङकित झण्डा फहराएर साझा यातायात मार्फत् निर्वाचनको सन्देश प्रचार प्रसारको आज शुभारम्भ गर्नुभयो ।

कार्यक्रमपछि पत्रकारसँग कुराकानी गर्दै प्रमुख आयुक्त डा. यादवले पहिलो चरणको निर्वाचनमा खटिएका कर्मचारी आजबाट सबै मतदान केन्द्रमा पुगिसेको जानकारी दिनुभयो ।

प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २८३ स्थानीय तहका ६ हजार ६ सय ४२ मतदान केन्द्रमा मतदान अधिकृतको टोलीले आजदेखि शनिबारसम्म मतदाताको परिचयपत्र वितरण गर्ने प्रमुख आयुक्त डा. यादवले जानकारी दिनुभयो ।

17.4¡ÆC