ट्रकको ठक्करबाट स्कुटरमा सवार श्रीमानको मृत्यु, श्रीमती घाईते

बैशाख २८, २०७४ मा प्रकाशित | 579 views

धादिङ ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ (साविकको सल्यानटार गाविस) खोल्सीमा विहिबार आइचर ट्रकले स्कुटरलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ ।

बा ३ ख ३५५९ नम्बरको आइचरले ग १३ प ३०६० नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ ३० वर्षीय रमेश श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा स्कुटरको पछाडि सवार उनका श्रीमती २६ वर्षीय सुनिता श्रेष्ठ गम्भीर घाईते सल्यानटार प्रहरीले जनाएको छ ।

घाईतेको सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । केन्द्रका डाक्टर सृष्टि उप्रेतीका अनुसार  घाईतेको अवस्था गम्भीर रहेको बताइएको छ । गम्भीर घाईतेलाई उपचारका लागि काठमाडौँ पठाउनका लागि परिवारलाई आग्रह गरेको छ ।

दुवै सवारी नेपाली काँग्रेस त्रिपुरासुन्दरी गाउँपालिका अन्र्तगत त्रिपूरेश्वरमा भएको आमसभा तथा ¥याली सकेर फर्किएका थिए । ग्रामीण सडकमा स्कुटर चिप्लिएपछि ट्रकले ठक्कर दिएको प्रहरीले अनुमान गरेको छ ।

दुर्घटनापछि ट्रक र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web