काठमाडौं ।

अग्रज पत्रकार धर्मरत्न शाक्यको ८६ वर्षको उमेरमा हिजो ललितपुर पाटनढोकास्थित आफ्नै निवासमा निधन भएको छ ।

विसं २००६ देखि पत्रकारिता गर्दै आउनुभएका स्व. शाक्य नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला शाखाका संस्थापक अध्यक्ष समेत हुनुहुन्थ्यो ।

उहाँ नेपाल भाषाको पत्रिका ‘राजमती’ को सम्पादक र प्रकाशक रहनुका साथै विसं २००७ को क्रान्तिमा समेत सहभागी हुनुभएको थियो ।

आज ललितपुरको शङ्खमूलघाटमा उहाँको अन्त्येष्ठीमा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।

महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट र महासङ्घ ललितपुर शाखा अध्यक्ष ज्ञानप्रसाद पौडेलले स्व. शाक्यको पार्थिव शरीरमा महासङ्घको झन्डा ओडाई सम्मान प्रकट गर्नुभएको थियो ।

17.32¡ÆC