गिलास छाप एमाले, सूर्य छाप जनमोर्चा, रुख छाप माओवादी

बैशाख २७, २०७४ मा प्रकाशित | 688 views

बागलुङ,बैशाख २७ – राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य लक्ष्मी बाँस्कोटा बागलुङ नगरपालिका–३ की वडा अध्यक्ष उम्मेदवार हुन्। राष्ट्रिय जनमोर्चाको आधिकारिक चुनाव चिह्न ‘गिलास’ हो। तर उनी एमालेको चुनाव चिह्न ‘सूर्य’ लिएर उठेकी छिन्, त्यसैमा मत खसाल्न आग्रह गर्दैछिन्। एमालेका जनक पौडेल प्रमुख पदमा उठेकाले तालमेलमा जोडिने राजमोका सबै उम्मेदवारको जिम्मेवारी ‘सूर्य’मा मत माग्नु हो। जैमिनी नगरपालिकामा राजमोका नरबहादुर पुनले प्रमुख पदमा उम्मेदवारी दिएका छन्। उपमेयर लीला रानाबाहेक अन्य सबै एमालेका उम्मेदवारको चुनाव चिह्न भने ‘गिलास’ छ।

एउटै चिह्नबाट प्रमुख र उपप्रमुख दुवै पदमा पुरुषले उम्मेदवारी दिन नमिल्ने भएकाले कानुनी रूपमा मिलाउन मात्र रानाले सूर्य चिह्न लिएका हुन्। अरु सबै एमाले उम्मेदवार ‘गिलास’ चिह्नमा मत मागिरहेका छन्। बरेङ गाउँपालिका अध्यक्षका उम्मेदवार प्रदीप थापा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन्। उनी माओवादी केन्द्रको गाउँपालिका संयोजक पनि हुन्। थापाका बाबु लीला थापा त माओवादी केन्द्रका पोलिटब्युरो सदस्य भइसकेका व्यक्ति हुन्। तर थापाको चुनाव चिह्न ‘रुख’ छ। माथिका दृष्टान्त बागलुँमा दलहरूका ‘खिचडी तालमेल’ का हुन्। तीनवटै प्रदेशमा दलहरूले तालमेल त गरेका छन् तर यहाँको अलि फरक किसिमको छ। भिन्न दलको चिह्नमा चुनाव लड्नेगरी केही दलले उम्मेदवारी दिएका छन्।

जिल्लामा बृहत् खालको तालमेल एमाले र राजमोबीच भएको छ। त्यसैले उनीहरूले चुनाव चिह्न नै साटासाट गरेर उम्मेदवारी दिएका छन्। एमालेले माओवादी केन्द्र र राप्रपासँग समेत केही स्थानमा तालमेल गरेको छ। ‘जिल्लाभरि सबै वाम दलबीच तालमेलको प्रयास गरेका थियौं’, एमाले जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले भने, ‘तर सम्भव नभएपछि एमाले र राजमोबीच मात्रै बृहत तालमेल भयो।  आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web