काठमाडौं ।

क्यान्सर रोगको उपचार सेवा र शुल्कमा एकरुपता कायम गर्न र सस्तो बनाउन सरकारले ‘क्यान्सर प्रोटोकल’ लागु गरेको छ ।

प्रोटोकलमा १७ प्रकारका क्यान्सरको उपचारका लागि छुट्टा छुट्टै शुल्कको व्यवस्था गरिएको छ । क्यानसरको उपचार गर्दा लिईने शुल्क, उपचारको तरिका, कुन क्यान्सरमा कस्तो औषधि दिने, कति मात्रामा दिने, कति समय दिने लगायतका विषयमा पनि प्रोटोकलमा उल्लेख गरिएको छ ।

कतिसम्म उपचार निःशुल्क गर्ने, कसरी गर्ने, के के खर्च बिरामी आफँैले गर्नुपर्छ भन्ने लगायतका विषयहरु पनि प्रोटोकलमा समावेश छ । प्रोटोकल लागु भएपछि अस्पतालहरुले आफू खुसी क्यान्सरको उपचार गर्न नपाउने भएका छन् ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको व्यवस्थापन महाशाखाको नेतृत्वमा क्यान्सर विशेषज्ञ सहितको टोलीले आठ महिनाको छलफल र अध्ययनपछि बनाएको ‘क्यान्सर प्रोटोकल’ सोमबारदेखि लागु भएको हो ।

स्वास्थ्य व्यवस्थापन महाशाखाका निर्देशक डा। विकास देवकोटाले हस्तान्तरण गरेपछि प्रोटोकल लागु भएको स्वास्थ्यमन्त्री गगन थापाले घोषणा गर्नुभएको थियो ।

स्वास्थ्य मन्त्री थापाले सोमबारदेखि नै प्रोटोकल लागु भएको बताउदै अन्य ११ प्रकारका कडा रोगको पनि उपचार प्रोटोकल बनाउन समेत निर्देशन दिनु भएको छ ।

15.65¡ÆC