लियो ३२५ बि १ नेपालको अध्यक्षमा नुवाकोटका रिजालको बलियो दाबेदारी

बैशाख ९, २०७५ मा प्रकाशित
Published at 2018-04-22

12598 views

-"लियो जिल्ला परिषद मा विशाल रिजालको नेतृत्व किन ??
१.विशाल जि! सर्बप्रथम लायन्स र लियो को बारे मा बताइदिहोस न??
सन १९१७ मा बिश्वयुद्दको बेला सबै देशहरू युद्धमा होमिएको बेलामा केहि ब्यापारीहरु मिलेर युद्धमा घाइते भएका र अशक्त मानिसहरूलाई सहयोग गर्ने उदेश्यले अमेरिकाको सिकागो मा लायन्स क्लबको स्थापना भएको हो । मेल्भिन जोन्सको नेतृत्वमा अमेरिका बाट उदाएको लायन्स क्लब क्यानडा लगायतका देश हुदै सन १९७१ मा पूर्वप्रधानमन्त्री स्व. मातृकाप्रसाद कोइरालाको नेतृत्वमा नेपालको पहिलो लायन्स क्लब को रूपमा लायन्स क्लब अफ बिराटनगर स्थापना भएको थियो ।
मानवीय सेवा गर्ने उदेश्यले स्थापना भएको लायन्स क्लबमा आबद्ध हुनुभएका ३० बर्ष भन्दा कम उमेर समुहका युवाहरूलाई सामाजिक सेवामा अग्रसर गराउने उदेश्यले सन १९५७ डिसेम्बर ५ तारीखका दिन ३५ सदस्य रहने गरि "द अबिङ्टन हाइ स्कुल लियो क्लब" नाम रहने गरि बिश्वमा पहिलो लियो क्लब को स्थापना भएको थियो ।
लायन्स क्लब अन्तर्राष्ट्रिय ले नेपाललाई भौगोलिक आधारमा ३२५ बी १ अन्तर्गत ए १,ए२,बि१ र बि२ गारी ४ जिल्लामा बिभाजन गरेको छ।र चार जिल्लामा २४३ वटा लियो क्लबहरु रहेकोे छन ।
लायन्स क्लब अन्तर्राष्ट्रिय ले नेपाललाई भौगोलिक आधारमा ३२५ब अन्तर्गत ए१,ए२,बि१ र बि२ गारी ४ जिल्लामा बिभाजन गरेको छ।र चार जिल्लामा २४३ वटा लियो क्लबहरु रहेकोे छन ।

-२.तपाईंले भन्नुभएको यी चार जिल्ला मध्ये तपाईंले नेतृत्व गर्ने जिल्ला कुन हो?

नेपाल को बागलुङ,म्याग्दी,कास्की,तनहुँ,पर्बत,गोर्खा,धादिङ,नुवाकोट,मकवानपुर,काठमाडौं लगायतका जिल्लाहरु समेटेर लियो जिल्ला परिषद ३२५बी१ नेपाल बनेको छ।यस जिल्लामा क्रियाशील ६२ क्लबहरु र १७०० भन्दा युवाहरूको नेतृत्व गर्दै लायन्स बर्ष २०१८/१९ को लागि अध्यक्ष पदमा मैले उम्मेद्बारी दिएको छु।

-३.लायन्स /लियो मा नेतृत्वचयन तथा परिवर्तनको बारेमा केही बताइदिनुहोस न?

लायान्स/तथा लियो मा प्रत्येक बर्ष नेतृत्व परिबर्तन हुने गरेको छ।लियो को सन्दर्भमा कुरा गर्दा अघिल्लो लायन्स बर्ष मा उपाध्यक्ष पदमा निर्बाचित ब्यक्ति स्वत: अध्यक्ष को एक्लो उमेदवार रहने छ।तर अध्यक्ष पदमा निर्वाचित हुनको लागि बिश्वास को मत प्राप्त गर्नुपर्ने छ।मेरो सन्दर्भमा म लायन्स बर्ष २०१७/१८ को लागि लियो जिल्ला परिषद ३२५बी१ नेपाल को उपाध्यक्ष पदमा निर्वाचित भएको थिए र लायन्स बर्सं २०१८/ १९ को लागि अध्यक्ष पद्को एक्लो उमेदवार हु। आगामी बैशाख ८ गते पोखरामा सप्पन्न हुने लायन्स /लियो को छैठौं महाधिवेशन मा मलाइ बिश्वास  को मत दिएर अध्यक्ष पदमा निर्वाचित गराउनुहुन सम्पुर्ण लियो मित्रहरुमा अनुरोध गर्दछु ।

-४.तपाइले यसरी मत माग्दै गर्दा मतदाता ले तपाईंलाई नै मत दिनुपर्ने कारणहरु बताइदिनुहोस न??

विश्वको सबै भन्दा ठुलो सामाजिक सस्थाको रूपमा रहेको लायन्स /लियो अन्तर्गत लियो जिल्ला परिषद ३२५बी१ नेपाल को विभिन्न पदमा रहेर ७ बर्ष नेतृत्व गरेको मलाइ नै मत दिनु को पछाडी निम्न कारणहरु छन:
क)सुदृढ र पारदर्शी लियो जिल्ला परिषद बनाउन ।
ख)संगठित रूपमा युवाहरूलाई प्रत्यक्ष समाजमा प्रभाव पर्ने सामाजिक कार्यमा प्रोत्साहन गर्न ।
ग)नेपाल को सास्कृतिक,धार्मिक,एतिहासिक,महत्त्व झल्कने गरि अन्तरास्ट्रिय युवाहरु को उपस्थितिमा नेतृत्वबिकासमुखी अन्तरास्ट्रिय युवा सम्मेलन गर्न।
घ)प्राथमिकता को आधारमा क्षेत्र निर्धारण गरि सामाजिक कार्य गर्न।

-५.तपाईंको लायन्स /लियो को यात्राको बारेमा बताइदिनुहोस न?

म लियो क्लब को सदस्य भएको ९ बर्ष भयो।लायन्स बर्ष २००९/१० मा लियो क्लब अफ काठमाडौं बालाजु हाईट को प्रस्तावित सदस्य भएर मैले लियो को यात्रा सुरुवात गरेको हु। पछि क्लब को सचिव,द्वितीय उपाध्यक्ष,प्रथम उपाध्यक्ष, क्लब अध्यक्ष,पुर्ब अध्यक्ष  अनि सल्लाहकार को भुमिका निभाउदै आएको छु।
तेसै गरि लियो जिल्ला परिषद ३२५बी१ नेपाल को लायन्स बर्ष २०११/१२ मा प्रशिक्षण कमिटी को सदस्य हुँदै सदस्य सचिब,क्षेत्रीय संयाेजक(R.C),प्रमुख क्षेत्रीय संयाेजक(chief R.C),जनसम्पर्क
अधिकारि(PRO),लायन्स बर्ष २०१७/१८ को उपाध्यक्ष पदमा निर्वाचित हुँदै ७ बर्ष लियो क्षेत्रमा बिताए र अहिले लायन्स बर्ष २०१८/१९ को लागि अध्यक्ष पदमा उम्मेद्बारी दिएको छु।

-६.तपाइले लियो क्षेत्रमा ७-८ बर्ष बिताउदै गर्दा गर्नु भएको कामहरु छोटकरी मा बताइदिनुहोस न?

लियो क्लब मा रहेर ९ बर्ष र लियो जिल्ला परिषद मा ७ बर्ष बिताउदा धेरै सकारात्मक काममा मेरो नेतृत्वदायी भुमिका रहेको छ।उदाहरणका लागि क्षेत्रीय संयाेजक भेला,Leo Roar-2016/17,लियो जिल्ला परिषद को विभिन्न कार्यक्रमहरु मा नेतृत्वदायी भुमिका,लियो प्रशिक्षण,अभिमुखिकरन कार्यक्रम,उपाध्यक्ष हुँदै गर्दा मोबाइल अनुप्रयोग( leo app) संचालन मा नेतृत्वदायी भुमिका निभाउदै युवाहरूलाई नेतृत्व बिकास को लागि बिबिध कार्यक्रम संचालन गर्दै आइरहेको छु।

-७) लियो क्ल्क्ब को माध्यम बाट तपाइले सामाजिक क्षेत्रमा पुर्याउनु भएको योगदान को बारेमा बताइदिनुहोस न??

बिगत ९ बर्ष देखि लियो क्लब को माध्यमबाट सामाजिक कार्यक्रम हरु गर्दै आउदा धेरै सामाजिक कार्यक्रमहरुमा नेतृत्वदायी भुमिका निर्बाह गरेको छु।उदाहरण को लागि श्री शारदा मा.बि कंचनपुर मा पुस्तकालय स्थापना,श्री पक्वाची मा.बि स्याङ्जा मा पुस्तकालय स्थापना,भैरम मा.बि नुवाकोट  मा पुस्तकालय स्थापना ,कालिकास्थान रसुवा मा आखा शिबिर,बिश्वज्योती मा.बि. पर्बत मा कम्प्युटर प्रयोगशाला स्थापना,विभिन्न जनचेतना मुलक कार्यक्रम,दन्त शिबिर लगायत विभिन्न स्वास्थ सम्बन्धी कार्यक्रम,'प्लास्टिक मुक्त अभियान' लगायत विभिन्न सामाजिक कार्यक्रम संचालनमा नेतृत्व प्रदान गर्दै आएको छु।

-८) यति धेरै सामाजिक कार्य गर्दै नेपाल मा लायन्स /लियो क्षेत्रमा हुनुहुन्छ र अब आउदो अध्यक्ष पद को लागी उमेदवार पनि हुनुहुन्छ तपाईंलाई हाम्रो शुभकामना । अन्त्यमा मतदाता लाई के भन्न चाहनुहुन्छ ??
तपाईंको शुभकामना को लागि धन्यवाद ।सम्पुर्ण लियो मित्रहरूलाई आगामी बैशाख ८ गते पोखरा मा सम्पन्न हुने लायन्स/ लियो को महाधिवेशन मा मलाई बिश्वास को मत दिएर अध्यक्ष पदमा निर्वाचित गराउनुहुन सम्पुर्ण लियो मित्रहरुमा अनुरोध गर्दछु।तपाइँहरु को अमुल्य मतको सम्मान गर्दै सदैब लियो को बिकास र सामाजिक क्षेत्रमा लाग्ने प्रण गर्दछु।
धन्यवाद
जय लायन्सबाद
जय लियो
जय देश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.