आचार संहिता उल्लंघन भएको काउन्सिलको अनुगमन

काठमाडौं ।

प्रेस काउन्सिल नेपालले अनुगमन गरिरहेका २५ वटा आमसंचार माध्यमका ३१ वटा सामग्रीबाट पत्रकार र निर्बाचन आचार संहिता उल्लंघन भएको पाइएको जनाएको छ ।

जसमा सातवटा अनलाईनका १० वटा सामग्री १५ वटा छापाका १८वटा सामाग्री एउटा रेडियोको एउटा सामाग्री रहेका छन् यस्तै एक । एक वटा रेडियो दमौली एफ.एम तनहुं र एभिन्यूज टेलिभिजनलाई शतर्क गराइएको प्रेस काउन्सिलले बिज्ञप्ति मार्पmत जनाएको छ ।

निर्बाचनको समयमा आमसंचार माध्यमहरुले अझै बढि सजग बनेर समाचार र समाचार सामग्री सम्प्रेषण गर्दा समानता सकारात्मकता र सन्तुलनमा बिशेष ध्यान दिन पनि प्रेस काउन्सिलले आग्रह गरेको छ ।

काउन्सिलले बिभिन्न पत्रपत्रिका,रेडियो एफ.एम रेडियो टेलिभिजन अनलाईन लगायतका आम संचार माध्यमको बैशाख २० देखि अनुगमन गरिरहेको बिज्ञिप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया

TOP