एमालेका अध्यक्ष उम्मेदवार नै काग्रेसका अध्यक्ष उम्मेदवारलाई भोट माग्दै

बैशाख २५, २०७४ मा प्रकाशित | 976 views

रुकुम ।

बैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको चुनाबमा उम्मेदवारहरु आफु र आफ्नो पार्टीका उम्मेदवारहरुलाई गाउँगाउँ र मतदाताको घरघरमा गएर मत मागिरहेको त देखिएका छौं । त्यस्तै यसपटक राष्ट्रिय तथा स्थानीय स्तरबाट निर्बाचन कार्यालयमा दर्ता गरेको उम्मेदवार मनोनयन फिर्ता लिएर दुई पार्टीले सयुक्त रुपमा उम्मेदवारहरु उठाउदा चुनाबी तालमेल पनि भएको छ ।

जहाँ आआफ्ना पार्टीका फरक फरक पदमा उठाईएका उम्मेदवारहरुलाई मत हाल्न निर्देशन पनि भएको नै छ । तर रुकुमको बाँफिकोट गाउँपालिकामा भने बिचित्रको दृष्य देखिएको छ । जहाँ फरक पार्टीका अध्यक्ष उम्मेदवाहरु नै फरक पार्टिका अध्यक्ष उम्मेदवारहरुलाई नै मत मागिरहेका छन ।

जहाँ नेकपा एमालेको तर्फबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवार नगेन्द्रप्रसाद रिजाल नेपाली काग्रेसको तर्फबाट गाउँपालिकाका उम्मेदवार जनक कुमार बाँठालाई मत मागिरहेका छन । त्यस्तै बाँठाले नेकपा एमालेको तर्फबाट गाउँपालिकाकी उपाध्यक्ष उम्मेदवार ब्युझना पुनलाई मत मागिरहेका छन । तर उक्त गाउँपालिकामा नेपाली काग्रेस र नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबै उम्मेदवार छन ।

जहाँ नेपाली काग्रेसको तर्फबाट उपाध्यक्षमा हिरा केसी छिन । देशका बिभिन्न ठाउँमा उम्मेदवारको मनोनयन दर्ता गरेपनि तोकिएको समयमा निर्बाचन कार्यालयमा गई आफ्नो उम्मेदवारी फिर्ता लिएर फरक पार्टी बिचमा चुनाबी तालमेल भएपनि रुकुमको बाँफिकोटमा भने उम्मेदवार हुदाँहुदै पनि आफ्ना पार्टीका उम्मेदवारलाई छोडेर फरक पार्टीका उम्मेदवारलाई मत मागिएको हो । बाँफिकोट गाउँपालिका निर्बाचन अधिकृत जनकराज पन्तका अनुसार काग्रेस र एमालेका अध्यक्ष÷उपाध्यक्षका कुनै पनि उम्मेदवारहरुले मनोनयन फिर्ता लिएका छैनन् ।

मनोनयन दर्ता फिर्ता लिने समय भन्दा पछि दुई पार्टी बिच अध्यक्ष र उपाध्यक्ष बिचमा चुनाबी तालमेल गरेर जाने सहमति भएपछि यस्तो गरिएको पार्टीका उम्मेदवारहरुले बताएका छन । नेपाली काग्रेसको तर्फबाट गाउँपालिका उम्मेदवार बनेका बाँठाले अध्यक्षमा काग्रेस र उपाध्यक्षमा एमालेलाई सहयोग गर्ने गरि चुनाबी तालमेल भएको बताए ।

उनका अनुसार चुनाबी तालमेल पछि चुनाबी सभा तथा घरदैलो कार्यक्रम पनि सयुक्त रुपमा नै भैरहेका छन । उक्त गाउँपालिकामा नेकपा माओबदीको तर्फबाट अध्यक्षमा धर्मबहादुर केसी र उपाध्यक्षमा मनकला पुन रहेका छन । उक्त गाउँपालिकामा माओबादीको जनमत बढी देखेपछि आफ्नो जीत सुरक्षित गर्ने भन्दै काग्रेस र एमालेले मनोनयन फिर्ता नलिएरै पनि सयुक्त चुनाबी तालमेल गरेका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web