ओलीको बोली- ‘हामीले नातागोतालाई उमेद्वार बनाएका छैनौं’

बैशाख २५, २०७४ मा प्रकाशित | 692 views

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा आफ्नो पार्टीले देश बनाउन सक्नेलाई उम्मेदवार बनाएको बताएका छन् ।

काठमाण्डौ महानगरपालिकामा पार्टीका उम्मेदवारहरुको प्रचारप्रसारका क्रममा घरदैलौ कार्यक्रमको उदघाटन गर्दै अध्यक्ष ओलीले एमालेले आफ्ना नातागोतालाई उम्मेदवार नबनाएर देशप्रति जिम्मेवार पार्टीका कार्यकर्ताहरुलाई उम्मेदवार बनाएको बताए ।

उनले, स्थानीय निर्वाचनमा एमालेले उठाएका उम्मेदवारहरुका सम्बन्धमा बाहिर हल्ला चलाईए जस्तो कुनै असन्तुष्टी नरहेको र पार्टीका सबै कार्यकर्ता चुनावी अभियानमा खटेको प्रष्ट पारे ।

ओलीले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर नगरपालिकाबाट आफ्नो छोरीलाई उठाएको तर्फ व्यंग्य गर्दै नातागोताको प्रशंग विभिन्न भाषणहरुमा गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web